बिचार

शहरमा गलैचा माथीको भन्दा गाउँमा भुँईमा पल्टेको दशैँ प्यारो

प्रेम सुनार
गुल्मी । दशै भित्रिए लगत्तै रिर्पोटिङ्गले भ्याई नभ्याई थियो । अस्टमीको साँझ सम्म आज अष्टमी हो र राते कोटा जानु पर्छ भन्ने कुरा भुलेर म रिर्पोटिङ्गमै ब्यस्त थिएँ । अष्टमीको दिन जस्तो बेलामा धुर्कोट बडादशै मेलामा राजेश हमाललाई बोलाईएको रहेछ । धुर्कोट गाउँपालिकाको प्रेस संयोजक भएको नाताले राजेश हमाललाई भंगेरीको पहिरो पार गराएर धुर्कोट लैजान पर्ने जिम्मा मलाई दिईएको थियो ।

भंगेरी पारी र वारी सयौ दशैका यात्रुहरु अलपत्र सडकमा थिए । कोही विरामी परेर औषधी पाएका थिएनन् । कोही पिउने पानीको अभावमा थिए । गाडी नपाएर घण्टौ कुर्नु परेको आक्रोष ति दशैका यात्रुहरुले म संग पोख्न थाले । मैले त्यहाँबाट सिडियो र प्रहरीका हाकिमलाई फोन गरेर जनगुनासो राखी दिनु शिवाय अरु के नै गर्न सक्थे र रु आखिर म राजेश हमाललाई त्यहाँ सम्म पुराउने गाडी नपाएर छट्पटिएको थिएँ ।

धन्न पाईयो एउटा जिप र राजेश हमाललाई लिएर गईयो । धुर्कोट सम्म पुग्दा प्रत्येक दशै मनाउने चहल पहल देख्दा मेरो मन राजेश हमालको कार्यक्रममा थिएन घर मै पुगेको थियो । त्यही पनि साँझ सम्म बस्नै पर्ने कर गर्नु भयो आयोजक कमिटीका कार्यक्रम निदेशक मदन खनाल जीले । कार्यक्रम सकिए लगत्तै धुर्कोट गाउँपालिका उपप्रमुख शिबदाईको माथी थुर्कोट कोटमा साझ प्रसाद खान आउनै पर्ने निम्तो थियो ।

वस्तुका प्रहरी प्रमुखको सहयोगमा माथी पुगियो । प्रसाद खाई सके पछि मलाई त्यहाँ धेरै बेर भुल्ने मन लागेन । मलाई ल्याने लाने गाडी विशेष कामले तम्घास फर्कि सकेको थियो । अन्ततः बस्तुका मेरा आफन्त मोतीबहादुरको घरमा गएर बास बसें । त्यहाँ पुगे पछि बल्ल मलाई दशै आएको अनुभुत भयो ।

घरवरी परी सफा, झिलमिल बत्ति वालेका । भुईमा गुन्द्र ओछाएका , सफा कोठा र नयाँ तन्ना हालेका गाउँले घर भए पनि भित्र शहरिया सजावट थियो । एक दशक अघि सम्मको वस्तुका दलित वस्तीहरुको दशै र यसपाली मैले नियालेको दशै आकाश धर्तीको फरक थियो ।

उति वेला रातभरी झगडा गरेको र एकपालीको दशैमा त पारी जैसीथोक र वारी वस्तुका मानिसहरु विचको डर लाग्दो झडप मेरै आँखाले देखेको थियो । तर यसपाली त्यस दलित वस्तीमा चर्को आवाजका नाममा घर घरमा डेक क्यासेट वाहेक झगडालु आवाज मैले सुनिन् । रक्सीले मातेर थनथन गरेका एक जनालाई पनि पसलेले सम्झाएर तत्काल घरमा पठाउँदै थिए । पहिला पहिला त पसलेले मध्ये रात सम्म ढोका लगाएर सुत्न पाउँदैन्थे । सुध्रेको गाउँ सुधारिएको सभ्यता सहितको दशैको राती अवेर सम्म वस्तुको दशै नियाले पछि मैले तम्घासबाट गाडी मगाएँ ।

तर विहान ४ वजे हिडेको गाडी अँध्यारो भएकोले हुलाके रोक्नु पर्नेमा धेरै माथी पुगेछ । म मेरो घर मुसिकोटको कोटा विहान ६ वजे अघि नै पुग्नु पर्ने मान्छे वस्तुको जंगलमा हिड्दै थिए । विच ओरालोमा गई पुग्दा गाडी आयो र हिडियो जति वेला सवा छ त्यही भई सकेको थियो । प्राय प्रत्येक घरका ढोकामा ताला लगाईएको थियो । सवै जना कोटा हिडेका थिए । जिल्ला मै प्रशिद्ध र निकै महिमाका साथ लिईन्छ मुसिकोटको खड्कदेवि कोटलाई किन कि एक मात्र त्यस्तो कोट हो ज्यहाँ न्वामीको दिन विहान देउता निकालिन्छ वाहिर ।

त्यो दृश्य क्यामरामा कैद गर्नकै लागि हिडेको मान्छे म देवता भित्र पसाली सकेपछि पुगे । त्यो दृश्य खिच्न नपाए पनि मैले त्यहाँ आईपुगेका भुले विर्से चेहराहरु खिच्न पाउँदा र हाल खवर बुझ्न पाउँदा ढिलै भए पनि आएँ धन्य भयो भन्ने ठाने । वर्षऔं पछि संगै खेलेका साथीहरु , प्रेमी प्रेमीकाको कल्पना गरेका चेहराहरु संगको भेट औधी आनन्दको हुँदो रहेछ ।

तिमी फुल्यौ कतै म फुले कतै ।। जहाँ फुले पनि।।।।।।।।।।यो गितको वोल गुनगुनाउन मन लाग्यो मलाई । किनकी अघिल्लो दिन यो गीतका गायक सौगात सागरले धुर्कोटमा गाएका थिए जुन मेरो कानमा गुञ्जिदै थियो । त्यस पछि लागियो तल मैदान तर्फ जहाँ पनि थुप्रै पुराना आमा वुवा , दाजु भाई दिदी वहिनी र अन्य आफन्त संग भेटघाट भयो । मैदानकै एक आफन्तकहाँ वसेर खानपिनमा रमाईयो । घर घरै भेट्दै र बोल्दै हिड्नुको आनन्दले गाउँ छाड्नु पुर्वको याद आउँदो रहेछ ।

कुनै दिन प्रदेशी भुमिमा दशैको दिन आँखामा घुमेका दृश्यहरु कसैले वोलाए जस्तो आवाज प्रत्यक्ष अफुले सुन्न पाउँदा तव न दशै भन्ने अनुभुत हुँदो रहेछ । कुनै समय मानियो शहरमा पनि दशै । शोफा र गलैचामा महँङ्गको दारु , बदेल र च्याङ्ग्रा सम्मको मासु र गाउँमा सामन्य मासु भात संग अंगेनाको छेँउँमा वसेर खाँदाको दशैको आनन्दमा आकाश धर्तीकै फरक अनुभुति भयो । किन चाहियो गुन्द्री रु साथी भाईहरु संग स्वामी र पिपलको चौतारीमा केहि नविछाई वसेर गरेको कुराकानी नै स्वर्गिय आनन्दको बसाई ।

पुराना मान्छेहरुको स्मरण , घर आई नपुगेका मान्छेहरुको चर्चा । वल्लो घर पल्लो घरको विभिन्न प्रकारका अचार लगायतका खान पिनको चखाई दशैलाई जहाँ गए पनि भुल्न्न नसक्ने कुरा रहेछ । बढि छाँट पारेर भन्दा हिजो जसरी गुन्द्री चकटी, कहिले आँगन । कहिले दलान त कहिले अँगेनाको छेउँ मुल ओछ्यानमा मानेको दशैलाई कदापी विर्साउने देखिएन शहरमा गलैचामा वसेर सुनकै थालीमा खाने परिकारको दशैले । त्यसैले पो मान्छे सात समुन्द्र पारीबाट भ्याई नभ्याई आउँदो रहेछ । वसाई सराई गरेर गएकाहरु गाउँमा दशै मान्न आए पछि गाउँको वातवरणबाट लोभिदा रहेछन् । केहि जना संग कुरा भयो ।

उनिहरु भन्दै थिए–‘ओहो अरु नभए पनि एउटा घर तरकारीबारी मात्रै भए पनि राख्न पर्दो रहेछ भन्दै थिए । ’ साँच्ची नै आगामी दिनमा थप लोभिदै र पछुताउँदै जाने छन बसाई सराई गरेर गाउँबाट पलायन हुने मानिसहरु । आफ्नो पिता पुर्खाले आर्जेको घर । उनिहरुको मृत्यु पश्चात उनिहरुकै प्रतिमुर्ती हुँदो रहेछ । दुई वर्ष अघि मृत्यु भएकी मेरी आमा र एक वर्ष अघि मृत्यु भएका मेरा वुवाको चेहरा मैले त्यसै घरको आँगन वरीपरी देखे । त्यसै घरको झयालबाट भित्र आमाले खाना पकाउँदै गरेको अवस्थामा चिहाएँ ।

वुवा मुल ओछ्यानमा बसेको त कति बेला भित्र खाना आईजा भनेर बोलाएको सुने । गा्ेठमा विहानै कुँडो पकाउँदै गरेको ति सवै दृश्यले घर छोडन् गाह्रो लाग्यो मलाई । यति नजिक तम्घास हुने मान्छेलाई त घर त्यति प्यरो न्यानो प्यारो लाग्छ भने वर्षऔं देखि चटक्कै घर विर्सेकाहरुलाई वर्षमा एक चोटी दशैमा घर आउँदा कस्तो लाग्दो होला रु घर भनेर त आउँछन तर कसैको त्यो घरमा अर्कै बसेको हुन्छ झन कति मुटु खाँदो हो रु मेले मेरा भाईहरुलाई भनेको छु कहिल्लै कुनै पनि हालमा घरबारी बेचेर शहरमा घर बनाएर बसिन्न । त्यसैले हामी अंशपात पनि गरेका छैनौ ।

हामीले बुढो घरलाई मन्दिर ठान्छौ । त्यस मन्दिरमा सधैव दशै मान्न पाईयोस जहाँ हाम्रा जिज्यु वाजे वजै र वुवा आमाका मृत आत्माले शान्ति पाउने छ । तपाई पनि वसाई सराई गर्नु भएको छ भने फर्काउनुस त्यो बेचेको घर । वसाई सराई गर्दै हुनुहुन्छ भने अरु वेचे पनि घर र घर वरीवरी तपाई चर्चेको करेसोबारी कदापी नेबेच्नु होला । त्यही छन सारा भुले विसे आफन्त र त्यही छ स्वर्ग । त्यसैले त होला मृत्यु भएको दुई वर्ष पछि आमालाई र एक वर्ष पछि मैले त्यसै घरको मुल ओछ्यानमा सपनामा देखे वुवालाई । यहि सपना र स्वर्ग देख्न तपाई पनि हरहालत आउनु है हरेक वर्ष पुर्खेयौली घरमै दशै मान्न।।।।।।।।।।।।।।।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।