शवको पहिचान : नेटाकी ८६ बर्षिय जसा श्रीस

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, साउन १७ । आइतबार निस्तीखोलामा मृत फेला परेको महिलाको शवको सोमबार अवेर पहिचान भएको छ । उनी नेटा गाविस वडा नं ५ की ८६ बर्षिय जसा श्रीस रहेको जिल्ला प्रहरी कार्यालय गुल्मी पुष्टी गरेको छ । dead body found in gulmiश्रीस दोहली ९ कोटकटेरी आफन्तकोमा साउन १५ गते हिडेको उनका भदै इन्द्र बहादुर घर्तिले बताए । खोला तर्ने पुल अप्ठ्यारो भएकाले श्रीस पुलबाट लड्ेर खोलाले बगाएको हुन सक्ने आफन्तको अनुमान रहेको छ । उनी मुसिकोट ४ को हाँडीखोला भन्ने स्थानमा मृत भेटिएको प्रहरी निरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । स्थानीयले साउन १६ गते साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *