व्यवस्थापन समितिमा पुनः अध्यक्ष

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनर

ग्गुल्मी, असोज–५ । गुल्मीको बडागाउँ गाविस वडा नम्वर ७ चौरमा रहेको जनजागृति माध्यमिक विद्यालय व्यवस्थापन समिति आज गठन गरिएको छ । अभिभावकहरुको बृहत भेलाले अध्यक्ष पदमा पुनः खुमबहादुर थापालाई नै चयन गरेको छ ।

त्यस विद्यालयको संस्थापक रहेका थापा यो तेश्रो पटक पनि अध्यक्ष भएका हुन् । सामन्य एउटा टहराबाट सुरु भएको वोर्डिङ्ग स्कुललाई थापाले सामुदायिक विद्यालयमा परिणत गर्दै प्रावि बाट छोटो अवधीमै मावि बनाउन सफल भए पछि उनलाई नै विद्यालय स्थापन समितिको अध्यक्ष दिनु पर्ने अभिभाकले जोड दिदै आएका छन् ।

सदस्यहरुमा मञ्जु कार्की, जुना थापा, चिन्ताबहादुर थापा , गोकर्ण सुुर्यवंशी , गगा पोखरेल , शिक्षक प्रतिनिधी एकराज अर्याल र प्रधानध्यापक मोहनबहादुर घर्ति सदस्य सचिव रहेको शिक्षक टेकहरी फुल्देलले जानकारी दिए ।

Comments

comments

Comments are closed.