वैदेशिक रोजगारले पारिवारिक बिखण्डन

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ७ कार्तिक । पैसा कमाएर घरपरिवार सुखी गराउने उद्देश्यले डेढ वर्ष अघि कतार पुगेका दर्लामचौर ६ का बिनबहादुर विक गएको ऋण तिर्न नपाउ“दै घर फर्कन बाध्य भए । दुई वर्षका लागि गएका विक छिटो फर्कनु पर्ने बाध्यता थियो श्रीमति अर्कैसँग हिँड्नु ।

दुःख गरेर कमाएको जग्गा समेत श्रीमतीकै नाममा भएकाले बिनबहादुर श्रीमती हिँडेको खबर पाएपछि स्वेदश फर्किए ।

‘घर आएपछि श्रीमती नपाएपनि मैले दुःख गरी कमाएर श्रीमतीको नाममा पास गरेको मेरो जग्गा फिर्ता गराए“’, उनले भने, ‘के गर्नु कमाएर श्रीमती र छोराछोरीका लागि राम्रो गरौंला भनेको, उल्टै आपैm दुःखी हुनुप¥यो ।’ आफूसँग भन्दा अर्कैसँग राम्रो हुन्छ भनेपछि अदालतबाट मंसिरमा सम्बन्ध बिच्छेद गरिदिएको उनले बताए । उनका ४ छोराछोरी छन् ।
gulmi_news_photo
हरेवा ८ का दिपक कार्कीले १७ वर्षको उमेरमा आप्mनै उमेरकी सुमित्रा थापासँग प्रेम विवाह गरे । विवाह गरे लगत्तै रोजगारीका लागि विदेश पुगेका उनी पनि एक वर्षमै फर्किए । दुई वर्षका लागि साउदी पुगेका उनी पनि छिटो फर्कनुपर्ने बाध्यता थियो श्रीमतीसँगको सम्बन्ध विच्छेद । श्रीमतीले घर परिवारसँग बस्न नसक्ने र आफूले सम्बन्ध विच्छेद नै गर्न चाहेको भन्दै फोन गरेपछि आफू छिटो फर्कनु परेको कार्कीले सुनाए । ‘जति सम्झाई बुझाई गर्दा पनि सफल हुन सकिनँ’, कार्कीले भने, ‘सम्बन्ध नै नहुने भनेपछि अदालतबाटै विच्छेद गरिदिएँ ।’

सुमित्राले भने सानो उमेरमै प्रेम विवाह गरेपनि अहिले जिवन बुझेपछि सम्बन्ध बिच्छेद गरेको बताईन । ‘अन्य कुरा मैरै खुशी हो ।’, उनले भनिन् । पराल्मी ७ की नेत्रकली शाहीले पनि लामो समयसम्म पति विदेशबाट नफर्केको भन्दै सम्बन्ध बिच्छेदका लागि अनुरोध गरिन् । सम्झाई बुझाई गर्दा पनि नभएपछि पशुपति शाहीले विदेशबाटै फर्केर सम्बन्ध बिच्छेद गरिदिए ।

पछिल्ला वर्षमा बैदेशिक रोजगारी र कम उमेरमै हुने विवाहले सम्बन्ध बिच्छेदका घटना बढ्दै छन् । सम्बन्ध बिच्छेद मात्र होइन, घरमा कलह र बिखण्डन समेत बढ्दै गएको छ । श्रीमान् बिदेमै भएका बेला छोराछोरी छोडेर कमाएको रकम नै लिएर हिड्ने महिलाहरूको संख्या समेत बढ्दो छ । श्रीमान् विदेशमा भएकै बेला पठाएको रकम लिएर श्रीमती हिंड्ने गरेको गुनासाका उजुरी प्रहरीमा महिनामा १० भन्दा बढी आउने गरेका छन् । दर्लामचौरकै समाजसेवी तोयनारायण सापकोटाले बैदेशिक रोजगारी आम्दानीका लागि राम्रै देखिएपनि त्यसले पारिवारिक बिखण्डन बढाउ“दै गएको बताए । ‘केही राम्रो छ’, सापकोटाले भने, ‘तर परिवार र समाजमा यसले ठुलो समस्या निम्त्याउ“दै छ ।’

अदालतका नासु रामबहादुर कु“वरका अनुसार अदालतमा आउने सम्बन्ध बिच्छेदका घटनामा बैदेशिक रोजगारी र कम उमेरमै विवाह बढी देखिएको बताए । ‘२० देखि २५ वर्ष उमेरका बढी देखिन्छन’, कु“वरले भने, ‘१८ देखि ४० वर्षसम्मका महिला पुरुष सम्बन्ध बिच्छेदका लागि अदालत आउने गरेका छन् ।’ आव २०६९÷७० मा सम्बन्ध बिच्छेदका लागि ७७ उजुरी दर्ता भएकोमा ७०÷७१ मा बढेर ८७ पुगे । आव ७१÷७२ मा दर्ता भएका २ सय ८४ मध्ये ८२ मुद्धा सम्बन्ध बिच्छेदका थिए । यस वर्ष पनि सम्बन्ध बिच्छेदका लागि ४० भन्दा बढीले निवेदन दिएको अदालतले जनाएको छ । -बुटवल टुडेबाट

Comments

comments

Comments are closed.