विद्यार्थीहरुलाई पुरस्कार वितरण

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी,बैशाख–२५ । भारत स्थित नेपाली प्रवासी संगठनबाट घर आएका गुल्मी ह्वाङदीका एक व्यक्तिले आज त्यहाँका एक विद्यालयका उत्कृष्ट विद्याथीहरुलाई नगद पुरस्कार र गरिव जेहन्दार विद्यार्थीहरुलाई राहत समेत प्रदान गरेका छन् ।
मालिका गाउँपालिका अन्तर्गत रहेको ह्वाङदी म्याले माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई नेकपा माओवादी केन्द्र निकट प्रवासी नेपाली एकता मञ्चका प्रतिनिधी चन्द्रबहादुर गौतम बिकले पुरस्कार र केहि राहत वितरण गरेका हुन् ।
आज विहान एक समारोहका विच बिकले गत वर्षको परिक्षमा विद्यालय प्रथम ,दृतिय र तृतिय हुने विद्याथीहरुलाई नगद पुरस्कार र कापी कलम प्रदान गरेका थिए ।
त्यस्तै बिकले त्यस विद्यालयका गरिव जेहेन्दार १९ जना विद्यार्थीहरुलाई समेत नगद र कापी कलम लगायतका राहत सामग्री प्रदान गरेको त्यस विद्यालयले जनाएको छ । पुरस्कार वितरण कार्यक्रमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वोमबहादुर घर्ति , प्रधानध्यापक घनश्याम अर्याल लगायतको सहभागिता रहेको थियो ।

Comments

comments

Comments are closed.