वामीमा भव्य खेलकुद र सांस्कृतिक कार्यक्रम सुरु

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर १४ । आज देखि गुल्मीको वामी ९ शेरामा भव्य भलिवल तथा अन्य प्रतियोगिता सहित राष्टिय कलाकारहरुका विच वेजोड सांस्कृतिक कार्यक्रम सुरु भएको छ । वैदेशिक रोजगारका एउटै वडाका साढे चार सय जना रहेकोले खुशीयाली मनाउने र गाउँको विकास गर्न शंखघोष गर्ने उद्देश्यका साथ पहिलो पटक शेरामा भव्य खेलकुद र सांस्कृतिक कार्यक्रम त्यहाँका वासीन्दाले गरेका हुन् । 20161129_143738
स्वदेश देखि संसारभर छरिएका वामी ९ वासीलाई संगठित गर्न त्यहाँ घर भई जापानमा कार्यरत दिलिप थापाले एक वर्ष अघि वामी अन्तराष्ट्रिय सम्पर्क समिती नामक संस्था गठन गरेका थिए । सोही संस्थाले आज देखि ३ दिन सम्म शेरामा उक्त कार्यक्रमको आयोजना गरी वामी र छिमेकी गाउँवासीको भव्य जमघट हुने अवसर प्रदान गरेको छ ।
गाउँको खेलकुद विकास, कला संस्कृतिको संरक्षण गर्दै विदेशमा रहेर पनि स्वदेशको सेवामा क्रियाशिल भई रहने उद्देश्यका साथ संस्थाले काम गर्ने जमर्को गरेको केन्द्रिय संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थापक अध्यक्ष थापाले गाउँको विकासमा केहि टेवा पुराउन सकियोस भनेर संंसारभर रहेका वामी ९ वासीलाई संगठित गरिएको र यो कार्यक्रमको उद्घाटन सत्रबाट त्यसको शंखघोष गरिएको बताए ।
भलिवल खेल प्रतियोगिताको उद्घाटन सत्रमा घरेलु टिम प्रगतिशिल युवा परिवार वामी ९ र हिमचुली प्रगतिशिल युवा क्लव अर्लाङ्गकोट विच रामाञ्चित खेला भएको थियो । कडा प्रतिष्पर्धाका विच घरेलु टिमलार्इृ २-१ को सेटमा हिमचुली प्रगतिशिल युवा क्लाव अर्लाङ्गकोटले पराजित गरेको छ । दोश्रो खेल पनि आयोजक बि र सदावाहर युवा क्लाव मुसिकोट बिच भएको थियो । त्यस खेलमा घरेलु टिमलाई २-० को सोझो सेटले पछार्दै आयोजक बिलाई सदावाहर युवा क्लव अगाडी बढेको छ ,।
20161129_152829भलिवल प्रतियोगिताका लागि कुल १८ टिम दर्ता भएका छन् । भोली विहान ८ वजे देखि खेल सुरु हुने र पसी विहान सम्म प्रथम पुरकार ३० हजार ५ सय ५५ रुपैयाँ कसको पोल्टामा पर्ने हो भनेर दर्शकहरु निकै कौतुहल रहेका छन् । दृतिय पुरस्कार राशी पनि २० हजार ५ सय ५५रुपैयाँ रहेको र अन्य पुरकार राशी पनि आकर्षक रहेको आयोजकले जनाएको छ ।
उद्घाटन सत्रमा सोही स्थानका समाज सेवी तथा वरिष्ठ चन्दादाता डिलाराम खरेलको प्रमुख आतिथ्यता र वामी ९ भेडुवा निवासी संस्थाका संंरक्षक ईन्द्रबहादुर, थापाको विशेष आतिथ्यता र केन्द्रिय कोषाध्यक्ष खिम रायमाझी लगायतको आतिथ्यता रहेको थियो । मंसिर १६ गते समापनका दिन चर्चित राष्ट्रिय कलाकार पुस्कल शर्मा , चर्चित गायिका राधिका हमाल , सन्तु थापा लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
संस्थाका केन्द्रिय अध्यक्ष दिलिप थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्थानिय समितिका अध्यक्ष हर्कबहादुर खासुको स्वागत मन्तव्य स्थानिय शिक्षक खगराज गिरीको सञ्चालन रहेको थियो ।
20161129_152329 20161129_152440

Comments

comments

Comments are closed.