वामीमा तथा आसपासमा ल्याण्डलाइन फोन बिस्तार सुरु

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
गुल्मी । वामी तथा आसपासका क्षेत्रमा ल्याण्डलाइन फोनको बिस्तार सुरु भएको छ । फोन बिस्तारको लागि आबश्यक बिभिन्न पुर्वाधारहरुको तयार गरी फोन जडान कार्य सुरु भएको हो ।

फोन जडान कार्य आइतबारबाट सुरु भएको छ । कार्यालयका कार्यलय प्रमुख सहित ४ जनाको प्राबिधिक टोलीले जडान सुरु गरेको र हिजोमात्र करिब ४० घरमा जडान भएको छ । सुरुमा १०० वटा फोन जडान गरीने नेपाल दुरसञ्चार कार्यालय गुल्मीका कार्यालय प्रमुख उमानाथ पोखरेलले जानकारी दिनुभयो ।

वामीमा जडान गरीसकेपछि मात्र खर्बाङ्गका केही घरहरुमा फोन बिस्तार हुने समेत उहाँले जानकारी दिनुभयो । वामीमा केही हप्ता अघिबाट नै पोल गाड्ने तथा तारहरु बिस्तार गर्ने कामहरु सुरु भएको थियो । सो अनुरुप ग्राहकहरुले भरेको फर्मको आधारमा घरघरमा फोन बिस्तार चलिरहेको छ । फोन जडानका लागि ग्राहकले बिभिन्न कागजातहरु सहित वामी पल्टारमा रहेको सम्पर्क कार्यालयमा फर्म भर्न सकिने ब्यबस्था गरीएको छ ।

ग्राहकले उक्त फोन जडानको लागि फोन सेट र तार आफैले ब्यबस्था गर्दै रु २ हजार ४ सय ७६ रुपैया शुल्क बुझाउनु पर्ने छ । फोन बिस्तार सँगै ग्राहकहरुलाइ सस्तो इन्टरनेट सेवा पनि बितरण सुरु गरीएको छ ।ल्याण्डलाइन फोन बिस्तार भएलगत्तै वामीबासीले सस्तो रुपमा स्तरीय फोन सेवा प्राप्त गर्ने आशा गरेका छन् ।

Comments

comments

Comments are closed.