वामीमा खुल्यो होन्डा शोरुम

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी, जेष्ठ ०१ । मुसिकोट नगरपालीकाको वडा नम्बर ७ मा होन्डा बाइकको शोरुम खुलेको छ । उक्त शोरुमको आज समुद्घाटन गरीएको छ ।

मुसिकोट नगरपालीका ७ वामीटक्सारमा बस्दै आउनुभएको अर्जुन काफ्लेले वामीमा होन्डा बाइकको शोरुम खोल्नुभएको हो । झण्डै १२ बर्ष बिदेश बसी आफ्नै ठाँउमा केही नया काम गर्ने भन्ने हेतुका साथ आफुले यस्तो ब्यबसाय सुरु गरेको उहाँले बताउनुभयो । उहाँ चिन, लण्डन लगायतका देशहरुमा बैदेशिक रोजगारीमा समेत पुग्नुभएको थियो ।
आज उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्य र सचिब महेश्वर घिमिरेले संयुक्त रुपमा रिबन काटी शोरुमको समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष शाक्य, सचिब घिमिरे, होन्डाका गुल्मीका अधिकृत बिक्रेता महेश्वर प्रसाद श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
honda show room gulmi
कार्यक्रममा बोल्दै गुल्मीका अधिकृत बिक्रेता श्रेष्ठले देशमै सबैभन्दा बढी माग भएको गाडी होन्डा भएको र कम खर्चमा यो गाडीबाट धेरै फाइदा लिन सकिने बताउनुभयो । नया बाइक किन्दा कम मुल्यमा फाइनान्स, पुराना लिएर नया गाडी साट्ने ब्यबस्था, एक बर्षसम्म निशुल्क सर्भिस लगायतका सुविधाहरु रहेको समेत उहाँँले जानकारी दिनुभयो । उहाँले जुनसकै शोरुमबाट गाडी किनेको भएपनि होन्डाका कुनै पनि शोरुमबाट यी सेवा लिन सकिने जानकारी दिनुभयो ।

वामी बसपार्कमा रहेको शोरुममा नया गाडी बिक्री, जुनसुकै कम्पनीका पुराना गाडी सँग नया गाडी साट्ने ब्यबस्था, गाडीहरुको मर्मत लगायतका सुबिधाहरु प्रदान हुने भएका छन ।आज उद्घाटनकै अवसरमा वामीका नेकपा एमालेका नेता प्रकाश काफ्लेले पुरानो बाइक दिएर नया बाइक साटेका छन । साथै अन्य ब्यक्तिहरुले पनि सेवा लिएका छन ।

राजनीतिक दल, समाजसेवी बुद्धिजिबि, प्रहरी लगायतको उपस्थिती रहेको कार्यक्रमको अवसरमा ब्यबस्थापक काफ्लेलाइ उपस्थितहरुले शुभकामना दिदै आफुहरुको सहयोग पुर्ण रुपमा हुने बताएका थिए । यो शोरुम गुल्मीमा तेश्रो शोरुमको रुपमा खुलेको हो । तम्घासको मातहतमा रिडी र वामीमा अनय दुइ शोरुमहरु स्थापना भएका छन ।

प्रबन्धक काफ्ले वामी बाट बसाइ सरेर चितवनमा बस्दै आएका थिए ।उनी आफ्नै ठाँउमा ब्यबसाय गर्ने उद्धेश्यका साथ यस काममा लागेका हुन ।

Comments

comments

Comments are closed.