वाढी पहिरो पिडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेस गुल्मीको माग

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी साउन १९ । दैविक प्रपोक पिडितलाई तत्काल राहत वितरण गर्न नेपाली काँग्रेस गुल्मीले माग गरेको छ । केहि दिन यता परेको अबिरल वर्षा सगै गुल्मीका बिभिन्न ठाउँमा वाढी पहिरोबाट ठुलो जनधनको क्षती भएको भन्दै तत्काल पिडितहरुलाई राहत र पूनर वाँसको व्यवस्था मिलाउन माग गरेका हुन ।rp_congress-300x253.jpg
वुधवार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन आयोजना गरि नेपाली काँग्रेस गुल्मीले वाढी पहिरो प्रभावित तिन वटै निर्वाचन क्षेत्रका पुगेर फर्किए पछी वाढी पहिरोबाट धेरै सम्पती क्षेती भएको जनाएको छ । जिल्लाका बिभिन्न ठाउँमा भएको क्षेती प्रति दुख व्यक्त गर्दै पिडितहरुलाई राहतको काममा ढिलाई नगर्न आग्रह गरेको हो ।
वाढी पहिरोले गुल्मीमा १० जनाले ज्यान गुमाएका छन् भने धेरै खेती योग्य भुभाग कटान गरेको छ भने सयौं घर परिवार बिस्थापित भएका छन् । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस गुल्मीका जिल्ला सचिव खिलध्वज पन्थीले वाढी पहिरोबाट धेरै क्षेती भएकोले स्थानिय श्रोत र साधनले नभेट्ने भन्दै यसमा सरकारले तत्काल ध्यान दिएर राहत र पुनरवाँसको व्यावस्थामा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
पहिरोबाट घर वाँस गुमाएकालाई तत्काल वस्ने वाँस र खाने गासको व्यवस्था मिलाउनको लागी ध्यान दिन सचिव पन्थीले आग्रह गर्नुभयो । सचिव पन्थीले वाढी पहिरोबाट भएको क्षेतीबारे प्रमुख जिल्ला अधिकारी र जिल्लाका जन प्रनिधिलाई पनि जानकारी गराएको जानकारी दिनुभयो । वाढी पहिरो पिडितलाई सबै क्षेत्रबाट सहयोगको खाचो रहेको बताउनु भयो ।
वाढी पहिरोबाट अन्य क्षेत्रमा भन्दा गुल्मी क्षेत्र नं. १ का अधिकांस मोटरबाटो भत्कीएपछी सड्क अबरुद्ध भएका छन् । सडक अबरुद्ध हुदा त्यस क्षेत्रका जनताहरु बैल्पीक बाटोहरु प्रयोग गर्न बाध्य भएका छन् । जिल्लाकै धेरै व्यस्त सडक अबरुद्धहुदा त्यस क्षेत्रका बृद्धा तथा बिरामीहरुलाई निकै कष्ठ परेको स्थानिय बताउछन् । सदरमुका तम्घासमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेस गुल्मीका जिल्ला स्तरिय नेताहरुको सहभागिता रहेको थियो । केहि दिन अघि नेपाली काँग्रेस गुल्मीको जिल्ला कार्य समितीको टोलीले बिभिन्न प्रभावित क्षेत्रमा पुगेर फर्किएको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *