वाग्लुङ्गममा कांग्रेस ८, माओके ७ र एमाले र जनमोर्चा ६÷६ स्थानमा विजयी

  •  
  •  
  •  
  •  
  •  


                   बाग्लुङ्गङ्गका २१ वडाहरुको मतग्रहणना सकिएको छ । जस मध्ये ८ वटा वडामा नेपाली का्रग्रेस वडा अध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र पनि सात वडामा विजयी हाँसिल गरेको छ । नेपाली का्रग्रेसले गल्कोट नगरपालिका वडा नम्वर २ र ३ र ४ पुरै प्यानल विजयी हाँसिल गरेको छ । १ स्थानमा मात्र नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानल बिजय भएका छ्न । वडा १ मा संयुक्त प्यानलका नेत्र बुढाथोकी सहित सम्पुर्ण प्यानल बिजय भएको हो । त्यसै गरि वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका हेमन्त भन्डारी ,वडा नम्बर ३ हटियामा नेपाली काङ्ग्रेसका वीरजंग भन्डारी र वडा नम्बर ४ हटियामा बल बहादुर खत्री सहित सम्पुर्ण प्यानल बिजयी  भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै नििसीखोला– ४ मा टिकानिधी पौडेल सहित र ५ मा हर्कमान बुढा सहित नेपाली काँग्रेसको प्यानल बिजयी भएका छन् । काठेखोला– १ मा पनि का्रग्रेस अवडा अध्यक्ष सहित पुरै प्यानल विजयी भएको छ । दमनखोला –२ र ३ वडामा पनि कांग्रेसको प्यानल विजयी भएको वाग्लुङ्गका पत्रकार कृष्ण कँडेलले जानकारी दिए । निसीखोला गाँउपालिकामा वडा नँ ४ मा टिकानिधी पौडेल सहित र ५ मा हर्कमान बुढा सहित नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ।तमानखोला गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भई सकेका छन् ।

उता तारखोला १ , २ ३ को वडा अध्यक्ष सहित पुरै प्यानल माओवादी केन्द्रका क्रमशः यमबहादुर श्रीस , भद्रबहादुर घर्ति र डिलबहादुर बस्नेत वडा अध्यक्षमा विजयी भएका छन् । ताराखोला गाउपालिकाको वडा १ र २ को २२ सय ७१ मतगणना अनुसार प्रमुखमा माओवादी केन्द्रका प्रकाश घर्तीले १५७४, नेपाली काँग्रेसका डण्डपाणी कँडेलले ३६४, एमाले राजमोकी पूर्णा चालिसेले ३७ र स्वतन्त्र ऋषिराम रोकाले ११५ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा केन्द्रकी दिलकुमारी रोकापुनले १३७३, नेकाकी चन्द्रकली पुनले ३८९ र एमाले जनमोर्चाका सन्जय श्रेष्ठले २५८ मत प्राप्त गरेका छन् ।
डोरपाटन नपा–१ माओदवादी केन्द्रका चित्रबहादुर घर्ति र वडा नम्वर ३ मा पनि माओवादी केन्द्र र क्रान्तिकारी माओवादी केन्द्र प्यानलका हेमेन्द्र्र पुन वडा अध्यक्षमा विजयी भएका छन् । निसीखोला १ मा माओवादी केन्द्रका कुलविर बिक वडा अध्यक्ष सहितको प्यानल विजयी भएका छन् । त्यस्तै वडा नम्वर २ मा माओवादी केन्द्रकै भद्रबहादुर घर्ति सहितको प्यानल विजयी भएको छ ।
 गलकोट नपामा काग्रेसले जित्ने दावि
गलकोट प्रमुखमा नेपाली काङ्ग्रेस का भरत गैरेको २५९६ ,राजमो एमालेका टंक केसिको १३३८ ,माओबादी केन्द्रका फमलाल निउरेको ८७७ मत प्राप्त भएको छ । त्यसैगरी उप प्रमुखमा नेपाली काङ्ग्रेसकि रेनुका काउचाको २५२४ ,राजमो एमालेकि रत्ना भण्डारी को १४०५ र माओवादी केन्द्रकि ललिता थापाको ९६२ मत प्राप्त भएको छ । अहिले वडा नम्बर ५ र ६ को मत गणना चलिरहेको छ ।

सहकर्मी वीर चोखालले दिएको जानकारी अनुसार ताराखोला गाउपालिका वडा नम्बर ३ वार्ड अध्यक्षमा माओवादी केन्द्रका दिल बहादुर बस्नेत ४१३ मत प्राप्त गरी विजयी भएका छन भने अन्य सदस्यहरुमा एमाले ं राजमो डम्मर माबहादुर थापा ३६७, ने काका कर्ण बहादुर कार्की१८९ महिला सदस्य श्रीमाया घर्ति, दलित महिला सदस्य तेजुमाया भण्डारी परियार खुला सदस्य हेमन्त घिमिरे र भुपनारायण बगाले भारी मत सहित बिजयी भएका छन् ।
 एमालेको वाग्लुङ्ग , ढोरपाटन नपा र बढिघाटमा दावि

नेकपा एमालले वाग्लुङ्ग नगरपालिकाका तिर्न वटै वडामा कव्जा जमाउन सफल भएको छ । मेयरमा एमालेले २६८० काँग्रेसले २१५० उपमेयरमा राप्रपाले २६५१ र काँग्रेसले १८५५ मत प्राप्त गरेका छन् ढोरपाटन नगरपालिकाका पनि एमालले अग्रता लिएको छ । मेयर पदका एमाले उमेदबार देवकुमार नेपालीले अहिलेसम्म १ हजार ५२ मत प्राप्त गरेका छन् । नेपालीले प्राप्त गरेको मत नेपाली काँग्रेसका अर्जुन शेरचनको भन्दा ४ सय ६५ बढी हो । मेयर पदमा नेपाली काँग्रेसल हालसम्म ६ सय १५ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डेले ४ सय ९० मत र माओवादी केन्द्रका शेरमान घर्तीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।काठेखोला गाउपालिकाको १ मा नेपाली काँग्रेस र २ मा एमालेको प्यानल विजयी भएको छ । १ को अध्यक्ष खडग थापा र २ को अध्यक्षमा विद्यापति शर्मा विजयी भएको छन् ।
उप मेयरमा राष्ट्रिय जनमोर्चाकी दुर्गादेवी घर्ती मगरले सर्वाधिक ७ सय १३ मत प्राप्त गरेकी छन भने नेपाली काँग्रेकी दिलमाया पौबीले ६ सय ४१, एमालेकी करमती घर्तीले ५ सय ५१ मत र माओवादी केन्द्रकी विप्सना घर्ती सुनारले ४ सय ४८ मत प्राप्त गरेका छन् ।
जैमिनी नपामा जनमोर्चाको दावि
जैमिनी नगरपालिकाको ९ र १० वडाको भरखर सम्पन्न मतगणनाको परिणाम अनुसार दुवै वडाहरुमा राष्टिय जनमोर्चाका उमेदवार विजयी भएका छन् ,

वडा नं ९ मा जनमोर्चाका भविन्द्रकुमार थापा ९वीरेन्द्र०ले ६१६ मत ल्याएर प्यानल नै विजय भयो भने वडा नं १० मा नरबहादुर थापाले १०९० मत ल्याएर प्यानलै विजय भएको छ ।

दुई वडाहरुको मतगणनामा मेयरमा जनमोर्चाका नरबहादुर पुनले १६९५ र नेपाली काँग्रेसका ईन्द्रराज पौडेलले ७७९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा राजमो प्यानलका मीनबहादुर रानाले १६७८ र काँग्रेसकी कौशिला विकले ५४७ मत पाएकी छन् ।

गल्कोट नगरपालिकाको ताजा नतिजा अनुसार नगरपालिकाको वडा नम्बर ४ हटीयाबाट नेपाली काङ्ग्रेसका अध्यक्षमा बल बहादुर खत्री त्यस्तै महीला सदस्य शिव खत्री दलित महिला सदस्यमा शोभा सुनार खुला सदस्यहरुमा रविलाल सुवेदी ,रुद्र प्रसाद सुवेदी विजयी भएका छन् ।

मेयरमा नेपाली काग्रेसले ६५५, उपमेयरमा ६५०, अध्यक्षमा ५७५ माओबादी केन्द्र मेयरमा २४७, उपमेयरमा २६३, अध्यक्षमा ३४५, सयुक्त प्यानेलको मेयरमा ८३, उपमेयरमा ७९ र वडाअध्यक्षमा ६१, नयाँ शक्तिले ३ मत प्राप्त गरेको छ ।बरेङ गाउँपालिकाको धुल्लुवासकोटमा राष्ट्रिय जनमोर्चाका कृष्ण पौडेल सहितको प्यानल विजयी भएको छ ।
गल्कोट नगरपालिकको १ दुदिलाभाटीको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकीको प्यानल विजयी भएको छ ।

माओवादी केन्द्र बाग्लुङ्गका जिल्ला संयोजक चन्द्रबहादुर बुढा .( सागर ) ले दिएको जानकारी अनुसार एमाललृ दमनखोला–मा वडा अध्यक्ष सहितको प्यानल जितेको छ । उसले वढिघाटमा दुई वडा , वाग्लुङ्ग नपामा २ वडा र काठेखोलामा वडा नम्वर १ मा एक सहित सात वडा वडा जितेको छ । त्यस्तै जनमोर्चाले ढोरपाटन नगरपालिकामा १ , निसीमा १ , गल्कोटमा १ , वरेङ्गमा १ बढिघाछमा १ सहित ६ वडा वडा जितेको छ । सागरका अनुसार बाग्लुङ्गमा ६ गाउँपालिका ४ नगरपालिका रहेका छन् । त्यसमा ८५ वडाहरु रहेका छन् । अन्य वडाहरुमा मददान कार्य चलिरहेको छ ।

Comments

comments

Comments are closed.