वाग्लुङ्गकोे निसीखोलामा कांग्रेसको अग्रता, तारखोलामा माओवादी केन्द्र र वाढिघाटमा जनमोर्चाको अग्रता

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, जेठ १ । बाग्लुङ्गको सवै गाउँपालिका र नगरपालिकामा मतगणना सुरु भएको छ । केहिमा पहिलो चरणको परिणाम आउन बाँकी छ भने । आएका स्थानहरु मध्ये निसीखोला गाउँपालिाकामा नेपाली कांग्रेसले अग्रता लिदै वडा नम्वर–मा कृष्णबहादुर मल्ल वडा अध्यक्षमा विजयी भएका छन् ।

त्यस्तै तारखोला गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नम्वर १ मा केन्द्रका प्रकाश घर्तिले ९२ मत , कांग्रेसका डण्डपाणी शर्माले २७ मत र स्वतन्त्रका ऋषिराम रोकाले ४ मत ल्याएका छन् । बढिघाट गाउँपालिकामा भने माओवादी केन्द्र र एमालेको संयुक्त प्यानलकालाई राष्ट्रिय जनमोर्चाका एकल उमेदवारले चुनौती दिएका छन् । १ सय २२ मत गनिएकोमा माओवादी– एमालेबाट अध्यक्षका उमेदवार मेयरसिंह पाईजाले ४९ मत पाएका छन् । राष्ट्रिय जनमोर्चाका भिमसेन वनले ४८ मत र कांग्रेसकी गण्डकी थापाले २१ मत पाएकी छन् ।

एमालेको संयुक्त प्यानलबाट उपाध्यक्ष पदका माओवादी केन्द्रका उमेदवार राजिव घिमिरेले १३ मत पाएका छन भने उनका प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाकी रुनमाया थापाले ४९ मत पाएकी छन् । वडा नम्वर–१ को वडा सदस्यमा जनमोर्चाका वोमबहादुर थापाले ५० मत
ले अग्रता ल्याएका छन् । एमालेकी वनाकुमारी थापाले ४८ मत ल्याएर पछ्याई रहेकी छन् । कांग्रेसका दुर्गाबहादुर थापाले २१ मत ल्याएका छन् । सुरुवाती परिणामबाट एमालेले उपाध्यक्ष पदका माओवादी उमेवारलाई एमाले जनले घात गरेको हुन सक्ने आशंका माओवादीजनले गरेका छन् । उता ढोरपाटन नगरपालिकाको प्रमुखमा एमाले उमेदवारले अग्रता लिएका छन् । तर वडा नम्वर–१ मा माओवादी केन्द्रका उमेदवरा वडा अध्यक्षमा विजयी भई सकेका छन् ।

Comments

comments

Comments are closed.