वन डढेलोमा परि मृत्यु हुनेले सरकारी राहत नपाएको प्रति कार्यालय प्रमुखको गुनासो

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी चैत ४ । बन डढेलोमा परि मृत्यु भएका परिवारले सरकारी तबरबाट राहत नपाएको प्रति जिल्ला वन कार्यालय गुल्मीका बन अधिकृत बिशाल घिमिरेले गुनासो गरेका छन् ।

जिल्ला वन कार्यालय गुल्मीकोले सञ्चालन गरेको सप्ताहव्यापी वन डढेलो ब्यवस्थापन सप्ताहको अन्र्तगत शुक्रवार गुल्मीका पत्रकारहरुसंग अन्र्तक्रिया कार्याक्रममा उनले यस्तो गुनासो गरेका थिए । गुल्मी जिल्लामा वनमा लागेको आगो निभाउने र आगोलागीमा परि ज्यान गुमाउनेहरुका आफन्तले सरकारी तबरबाट कुनै पनि राहत नपाएको प्रति दुख ब्यक्त गरेका हुन । गुल्मीमा गत ७ वर्षको अन्तरालमा बनमा लागेको आगो निभाउने र आगोलागीमा परि १० जनाको मृत्यु भएको छ । जिल्लाको हस्तिचौर गा.वि.स. वडा नं. ३ स्थित हस्तिचौर सामुदायिक वनमा मिति २०६६बैशाख १२ गते लागेको डढेलो निभाउने क्रममा हस्तिचौर गा.वि.स. वडा नं. ३ का रामलाल घिमिरे, अमर वहादुर कुंवर, देवकला खत्री, सिता कुवँर र धनकलाखत्री गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आगोलागीमा वडागाउँ गा.वि.स. वडा नं. ६ को तिलेहार सामुदायिक वनमा २०६६ बैशाख ५ लागेको वन डढेलो निभाउने क्रममा घाइते भै बेहोस अवस्थामै उपचारको क्रममा वडागाउँ ८ कागोपाल सुनारको मृत्यु भएको थियो । उनिहरुलाई सरकारी तबरबाट सहयोगको लागी जिल्ला वन कार्यालय गुल्मीबाट आग्रह गरिए पनि कुनै पनि राहत प्राप्त नभएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ । यस्तै २०७२ चैत २९ गते मामायागिरी गा.वि.स.मा पर्ने धैरेनी सामुदायिक वनमालागेको वन डढेलो निभाउने क्रममा आगोको लप्कोले जल्न गएका मलायागिरी गा.वि.स. वडा नं. १ काकमल खड्काको किर्तिपुर अस्पताल काठमाडौंमा उपचारको क्रममा २०७३ बैशाख ११ गते मृत्यु भएको थियो । गत वर्ष २०७३ बैशाख १७ मा दोहलीगा.वि.स.मा पर्ने जलुकीे खोला वनमालागेको डढेलो अनियन्त्रितभई निजि जग्गामा विस्तार हुँदा सो आगोको कारण दोहलीगा.वि.स. वडा नं. ५ कातुल्सीलामा गुरुङ्गको घट्नास्थलमै मृत्यु भएको थियो । सोही वनमा डढेलो निभाउने क्रममागम्भीर रुपले जल्नगई उपचारकालागि पाल्पा लैजाने क्रममा दोहलीगा.वि.स. वडा नं. ६ कालोकबहादुर गुरुङ्गको बाटोमै मृत्यु भएको थियो ।

वडागाउँ गा.वि.स. वडा नं. ६ को तिलेहार सामुदायिक वनवाट डढेलो विस्तार भई २०७३ बैशाख १८ गते वडागाउँ गा.वि.स. वडा नं. १ को कर्लाम सामुदायिक वनमा विस्तार भई अनियन्त्रित रुपमागाउँ वस्तीमा प्रवेश गरेको आगोको कारण सोही वडामा वस्ने वर्ष ६६ का मेहरसिं रास्कोटीको घटनास्थलमै मृत्युभएको थियो । वन डढेलो निभाउने क्रममा मृत्यु भएका परिवारहरुलाई हाल सम्म सरकारी क्षेत्रबाट कुनै सहयोग प्राप्त नहुनु अत्यन्तै दुखद पक्ष रहेको वन अधिकृत घिमिरेको भनाई रहेको छ । वन अघिकृत घिमिरेले भने ‘सरकारी क्षेत्रबाट कुनै खालको राहतको लागी बिभागमा पठाएका छौ तर हाल सम्म कुनै खालको राहत आएन्’ । वन डढेलो निभाउने क्रममा मृत्यु भएका परिवारलाई कुनै न कुनै राहत सरकारी तबरबाट आबश्यक रहेको अधिकृत घिमिरेको भनाई छ ।

वन डढेलो ब्यवस्थापन बारे पत्रकारहरुसंग अन्र्तक्रिया
जिल्ला वन कार्यालय गुल्मीले सप्ताहव्यापी बन डढेलो व्यवस्थान बारे जिल्लाका पत्रकारहरु संग अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यालयले राखेको अन्र्तक्रियामा वन डढेलो ब्यवस्थापन सप्ताह कार्यक्रम बारे जानकारी गराइएको थियो । सकेसम्म वनमा डढेलो लाग्नै नदिँउँ लागीहालेमा सबै मिली यथाशिघ्र नियन्त्रण गरौ भन्ने नाराका साथ चैत १ गतेबाट ७ गते सम्म छुट्टाछुट्टै कार्यक्रम गरेर डढेलो ब्यवस्थापन सप्ताह कार्यक्रम संञ्चालन गरेको छ ।
जिल्ला वन कार्यालय गुल्मीले सप्ताह कार्यक्रम अन्र्तगत सदरमुकाम तम्घासमा जिल्लाका बिभिन्न सामुदायिक वन, बिभिन्न संघ संस्था सरोकारवाला निकायहरुको सहभागितामा डढेलो ब्यावस्थापन सम्बन्धमा जनचेतना मुलक ¥याली तथा अन्र्तक्रिया,संञ्चालन गर्ने कार्यक्रमहरु राखिएको जिल्ला वन अधिकृत बिशाल घिमिरेले जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेले वन डढेलो नियन्त्रण गर्न कार्यलयको तर्फबाट भएका बिभिन्न कार्यक्रमहरु बारे जानकारी गराउनु भएको थियो । वन डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यलय गुल्मीले डढेलो नियन्त्रणमा प्रभावकारी कार्यक्रमहरु राखेको बन अधिकृत घिमिरेले बताए । जिल्लाका बढी डढेलो प्रभाबित हुने क्षेत्रहरुमा वन कार्यालयको तर्फबाट बिभिन्न कार्यक्रमहरु राखिएको सहायक बन अधिकृत कर्णबहादुर पाण्डेयले बताए । डढेलोबाट वन बिनास भए मावन तथा गाईबस्तु, बन्य जन्तु र वातावरणमा समेत असर पर्ने हुदा वन डढेलो नियन्त्रण गर्न सबैले यसबारे ध्यान दिन वन अधिकृत घिमिरेले आग्रह गरे ।

हाल वन क्षेत्रबाट ७० प्रतिशत इन्धन, झण्डै ४० प्रतिशत पशु आहारा र अन्य वातावरणीय सेवा वन क्षेत्रबाट उपलब्ध हुँदैआएकोले वनमा डढेलो लाग्न नदिन र यसलाई नियन्त्रण गर्न सबैले ध्यान दिनु आग्रह गरिएको थियो । कार्यक्रम जिल्ला वन अधिकृत बिशाल घिमिरे, सहायक वन अधिकृत कर्णबहादुर पाण्डेय, अन्य कर्मचारीहरु जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरु सहभागिता रहेको थियो ।

Comments

comments

Comments are closed.