वक्तृत्वकला प्रतियोगीता गरी १७ औ अन्तराष्ट्रिय युवा दिवस मनाइयो

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, साउन २८ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् जिल्ला युवा समुहको आयोजनामा उमावि स्तरिय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । सिद्ध बाबा उमाविमा आयोजित प्रतियोगीतामा सदरमुकामका विभिन्न उमाविका ६ जना प्रतियोगीले भाग लिएका थिए ।yuwa-karyakram-gulmi

समृद्ध नेपाल निर्माणमा युवाको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगीतामा सिद्ध बाबा उमाविका मोहन घर्ति प्रथम भएका छन् । अर्जुन आवासीय उमाविकी करिश्मा भुसाल द्धतिय र महेन्द्र उमाविका सुजन भुसाल तृतिय भएका छन् । उत्कृष्ट सवै बिद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी स्थानीय विकास अधिकारी डिलाराम पन्थीले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई संबोधन गर्दै उहाँले भोलीको समृद्ध नेपालका निम्ती आजका युवाबाट त्यसको शुरुवात हुनुपर्नेमा जोड दिनुभयो ।

जव सम्म रोजगारीको उत्तम थलो बिदेश भन्ने युवा शक्तिलाई स्वदेशमै रोक्न सकिदैन तव सम्म देश समृद्ध नेपाल बन्न नसक्ने पन्थीले बताउनुभयो । बिषेश अतिथी सहायक जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डेयले युवा र विकासलाई संगै जोड्न सके राज्यले गरेको परिकल्पना पुरा हुने बताउनुभयो । युवा परिषद गुल्मीका अध्यक्ष राजेन्द्र विक्रम कुवंरले बोर्डले पुर्णता नपाउँदै र कामको शुरुवात नहुँदै अनावश्यक संका नगर्न सवैलाई आग्रह गर्नुभयो । उद्यम मार्फत युवा र राष्ट्रको विकासका निम्ती स्थापना भएको परिषद्ले युवाकै लागी विभिन्न रचनात्मक कार्यक्रम संचालन गर्ने भएकाले सवैको सहयोगको आशा कुवंरले गर्नुभयो । कार्यक्रममा बिद्यार्थी नेता धर्मराज पाण्डेय र काशीराम पाण्डेयले पनि संबोधन गर्नुभएको थियो । शिक्षक टिका खड्का र श्रीराम महतले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नुभएको थियो ।

yuwa-karyakram-gulmi-1सिद्ध बाबा उमाविको कक्षा १२ आ अध्ययनरत शारदा थापाले मनमोहक नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बुद्धिजिवि परिषदका अध्यक्ष गोविन्द गौतम, एकिकृत ग्रामिण विकास समाज गुल्मीका कार्यकारी निर्देशक गणेश श्रीपाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, पत्रकार घनश्याम गौतम, अनिल खत्री र सिद्ध बाबा उमाविका बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष तिल बहादुर थापा, शिक्षक र बिद्यार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतिनिधी टोपलाल अर्यालले गर्नुभएको थियो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *