लोप हुँदै गाउँघरका परम्परागत काठेकोल

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, २७ माघ । आधुनिक प्रविधिअन्तर्गत गाउँघरमा आजभोलि आधुनिक मेसिनको प्रयोगसँगै जिल्लामा तोरी र चिउरी पेल्नका लागि प्रयोग गरिँदै आएका परम्परागत काठेकोल लोप हुँदै गएकशा छन् ।

केही वर्ष अघिसम्म गाउँघरमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठेकोल यतिबेला विभिन्न प्रविधिको विकाससँगै लोप हुँदै गएका छन् । जिल्लाका बडागाउँ, पौदी अमराई, दिगाम, हस्तीचौर बलीथुमलगायत गाविसमा कृषकले काठेकोलको प्रयोग गर्ने गरेका छन् । स्थानीयस्तरमा पुराना सामग्रीको संरक्षण नभएपछि काठेकोल लोप हुँदै गएको मुसिकोट गाविस–७ का रेशम चालिसे बताउनुहुन्छ ।
kathe kol
“पुराना वस्तुको संरक्षण गर्नेभन्दा पनि छिटो छरितो कसरी हुन्छ भन्नेतिर लागेका कारण काठेकोल हराउन थालेका हुन्,” उहाँले भन्नुभयो । विगत एकदशक अगाडिसम्म कृषकले काठेकोलको माध्यमबाट तोरी र चिउरी पेलेर घ्यु तेलको जोहो गर्दै आएका थिए । काठेकोलको निर्माण गर्दा लगानी कम लाग्ने भए पनि उक्त कोलमा पेलेर तेल निकाल्ने काम भने त्यति सजिलो छैन ।

तोरी, चिउरी, सरसिउँलगायत वस्तु आधुनिक मेसिनबाट पेल्ने गरिए पनि चिउरीको बिजुला पेल्न भने काठेकोल निकै उपयोगी भएको बलिुथुम–९ का मनकुमारी सर्तुङ्गीेले बताउनुभयो । गाउँका बुढापाकाले यस्ता वस्तुको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

Comments

comments

Comments are closed.