मनोरन्जन

लिंकइन पार्कका गायक चेस्टर बेनिङटन मृत्त भेटिए

काठमाडौँ । अमेरिकाको चर्चित रक ब्यान्ड लिंकइन पार्कका गायक चेस्टर बेनिङटनको मृत्यु भएको छ ।

टिएमजी रिपोर्टका अनुसार ४१ वर्षीय बेनिङटनको पलोस भर्डेसस्थित आफ्नै निजि निवासमा झुण्डिएको अवस्थामा शव फेला परेको डेलीमेलमा समाचार छ ।

उनी बिहीबार विहान झुण्डिएको अवस्थामा मृत्त फेला परेका हुन् । अधिकारीका अनुसार विहान ९ बज्नु भन्दा केही समय अघि उनको शव भेटिएको थियो ।

सन् १९९६ मा स्थापना भएको यो ब्यान्डले विश्वभर ७० लाख भन्दा बढी एल्बम बेचिसकेको छ । साथै यस ब्यान्डले दुई चर्चित ग्रामी अवार्ड समेत पाएको छ । गायक बेनिङटनका दुई श्रीमती र ६ बालबच्चा रहेका छन् ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।