लायन्स क्लवले धुर्कोटमा चलायो नि:शुल्क स्वास्थ्य शिबिर

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, चैत ९ । लायन्स क्लव गुल्मीले गुल्मीको धुर्कोटमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । लायन्स क्लव गुल्मीको आर्थिक सहयोग धुर्कोट स्थित प्रथामिक स्वास्थ्य केन्द्रको संयोजनमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

शिबिरमा १३ सय ६० जना बिभिन्न रोगका बिरामीले सेवा लिएको लायन्स क्लव गुल्मीका अध्यक्ष खुमानन्द गौतमले जानकारी दिए ।
रोग लागेर ग्रामिण स्तरमा आर्थिक अभावमा सदरमुकाम सम्म आउँन नसक्ने गरिव,बृद्ध, असाहयहरुको सहयोगार्थ ३ दिने स्वास्थ्य शिबिर राखिएको गौतमले जानकारी दिए । शिबिरमा ८ सय ६९ जना महिला र ४ सय ९१ जना पुरुषले बिभिन्न रोगको जाँच गराएका छन् ।
lions club gulmiशिबिरबाट जनरल मेडिसियनमा ५ सय ६० महिला र ४ सय ३१ जना पुरुषले सेवा लिएका थिए । स्वास्थ्य शिबिरमा २ सय महिलाले स्वास्थ्य जाँच गराएका छन् । कुन सेवाग्रहरी मध्ये १ सय ५३ जनाले भिडियो एक्सरे, १७ जनाले शल्यक्रिया, ४ जना हर्निया र ६ जना हाइड्रोशिलका बिरामीहरुले चेकजाँच गराएको अध्यक्ष गौतमले जानकारी दिए । शिबिरमा काठमाडौंका टिचिङ अस्पता, ग्राण्डी अस्पतालका ३ जना बिभिन्न बिषज्ञ डाक्टर र पाल्पा स्थित मेडिकल कजेलका ११ जना शिषज्ञ डाक्टरहरुले चेकजाँच गरेका थिए ।

Comments

comments

Comments are closed.