लम्बिने भो न्वागी मेला

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे, प्रकाश घिमिरे
बाग्लुङ, मङ्सिर ०६ । बागलुङ जिल्लाको ग्वालिचौर गाविसको खार बजारमा परम्परादेखी मनाईँदै आएको पौँदेलीहरुको स्थानीय पर्व अर्थात प्रशिद्ध न्वागी मेला एक दिन लम्बिएको छ ।
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि पौंदी न्वागी मेला संरक्षण समिति ग्वालिचौर बागलुड तथा ग्वालिचौर गाँउ बिकास समितिको संयोजनमा पौंदीबासी (पौँदेली) हरुको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान भन्ने मुल नारा सहित न्वागी मेला गत मँसिर ३ गतेबाट आयोजना गरिएको थियो । मेला आज सम्पन हुने भनिएपनि एक दिन लम्बिएको हो । मेला अझै अर्काे दिन पनि लम्बिने सम्भावना रहेको आयोजकले जनाएको छ ।
बाग्लुङ्ग जिल्लाको ग्वालिचौर गाविसको खारबजारमा ४ दिनसम्म सञ्चालन हुने मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पिङ्ग लगायत गरि झण्डै साना र ठूला व्यापारका १०५ वटा स्टलहरु बुकिङ भएको बताइएको छ ।
मेलामा सुन्तला देखी अन्य फलफुलहरु, फेन्सी, खेलौना, कस्मेटिक सामानहरु, होटेल जन्य बस्तुहरु लगायत अन्य बस्तुहरुको ब्यापार एकाएक बढेको छ । स्थानीय हरु ब्यापार गर्नमा तल्लिन रहेका छन ।
यसैबिच मेलाको अवसरमा बहुचर्चित राष्ट्रिय कलाकार पशुपति शर्मा, मिना लामाङ्ग, चिजा तामाङ्ग, हास्य कलाकार गणेश बस्नेत लगायतको बिशेष प्रस्तुती रहेको छ । त्यसैगरी साहारा कला केन्द्र पाल्पाको समेत बेजोड प्रस्तुती रहेको छ ।
nwagi-melaमेला ग्वालीचौरको खार बजारमा आयोजना गरिएको छ । यस महोसबलाई पौदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन ।
खार बजारमा आयोजना गरिने प्रशिद्ध न्वागी पर्व बागलुङको ग्वालिचौर, जलजला, दगातुंडाँडा तथा गुल्मीको पौँदी अमराई, नेटा, दोहोली आदि गाविसहरुका जनताहरुको व्यापक सहभागिता रहने भएपनि यो न्वागी पर्व बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ । महोत्सबमा अहिले एक करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
खासगरी यस क्षेत्रका किसानहरुको महत्वपूर्ण खाद्यान्न जडन जातिको धानबाली पाकेपछी ढिकीमा कुटेर बनाएको जडन धानको चामल दहीमा भिजाई, केरा, सिलाम, चिनी, तिल आदि मिष्ठान्न सामाग्रीको समिश्रणबाट तयार पारिएको स्वादिष्ट न्वागी शुभसाईतमा सर्वप्रथम देवीदेवतालाई चढाएरमात्र आफुहरुले सगुनकोरुपमा प्रयोग गर्ने प्रचलन र परम्परासंग जोडिएको न्वागी पर्वलाई पौँदेलीहरुले बर्षे्नि महोत्सवकोरुपमा भव्यताका साथ मनाउदै आएका छन् ।
परापूर्वकाल देखी स्थानीयहरुले बाजागाजा, भैलो तथा सोरठी लगायतका विभिन्न लोकसँस्कृतिको जगेर्ना गर्दै मनाउने गरिएको यस पर्वमा आफनो जग्गा नहुनेहरुले पनि जडन चामलको न्वागी खाएर न्वागी पर्व मनाउने गर्छन । यस अवसारमा आफना छरछिमेकी नातापाता र ईष्टमित्रहरुलाई निम्ता गरेर न्वागी खुवाएर भोजभतेर गर्ने चलन रहेको छ ।
यो न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखा, लगायत देशका बिभिन्न भागहरुमा पनि मनाईने गरिन्छ ।
न्वागी मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका हिउदे, बेमौसमी लगायतका नगदे बालीको प्रदर्शनी गर्ने गरिदै आएको छ । यस वर्षपनि प्रदर्शनीमा उत्कृष्ट हुने कृषकहरुलाई सम्मान गरिने न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले बताए ।
कार्यक्रमको सञ्चालन मेलाका सचिब बिष्णु प्रसाद आचार्य, समाजसेवी राम बहादुर कुवँर, शिक्षक योगेन्द्र खरेल, समिर राज आचार्य, बुद्ध सँगम लगायले गरिरहनु भएको छ । मेलामा दशौ हजार दर्शकहरुको उपस्थिती रहेको छ । कार्यक्रमको शनिबार प्रमुख जिल्ला अधिकारी भागीरथ पोडेले उद्घाटन गर्नुभएको थियो ।

Comments

comments

Comments are closed.