लगातार १२ दिन देखि गुल्मी ठप्प, डेढ दर्जन गाडी नियन्त्रणमा

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर २६ । अनिश्चित कालिन बन्दले गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १२ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।

जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । अन्दोलनकारी गुल्मीबन्दलाई सशक्त बनाउने भन्दै आफना कार्यक्रमहरुलाई कडा पर्दै गएका छन् । बन्दको अबज्ञा गरेको भन्दै गुल्मी गुल्मीको तम्घासका बिभिन्न ठाउँमा र अर्खलेमा गरि १५ वटा सवारी साधान नियन्त्रणमा लिएका छन् । बन्दकर्ताले ५ वटा बस, ४ वटा बाइक, ६ वटा जिप र १० लिटर घरेलु मदिरा समेत नियन्त्रण लिएको अनेरास्वबियु गुल्मीका सहसंयोजक शोभाखर गिरी बताए । जिपमा तम्घास तर्फ ल्याउदै गरेको अबस्थामा घरेलु मदिरा बरामत गरि जिल्ला प्रहरी कार्यालयमा पठाइएको गिरीले बताए ।

संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा आइतवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन, पत्रकार महासंघ,लोक दोहोरी प्रतिष्ठान, नागरिक समाज लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । धर्नाको कारण प्रमुख जिल्ला अधिकारी र स्थानिय बिकास अधिकारी, कर्मचारीलाई रोक लगाउँदै आएका छन् । जिल्लाको आन्दोलनलाई शसक्त बनाउन भन्दै यहि मंसिर २७ गते बृहत सभा गर्ने बताइएको छ । सभालाई ५ नम्बर प्रदेसबाट प्रतिनिधित्व गर्ने सभासद एबं जिल्लाका शिर्ष नेताले सम्बोधन गर्ने संयुक्त अन्दोलन समितिले गुल्मीलेृ जनाएको छ ।

आन्दोलनका कारण गुल्ममा भने कुनै पनि बिद्यालयहरु बन्द गरिएको छैन् । गुल्मीको आन्दोलनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए ।

Comments

comments

Comments are closed.