रेसुङ्गा लायन्स क्लबको अध्यक्षमा यमुना भण्डारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख । लायन्स क्लब अफ काठमाडौं रेसुङ्गामा नयाँ कार्यसमिति चनयन गरिएको छ । क्लबको अध्यक्ष यमुना भण्डारी, उपाध्यक्षहरू जमुना पौडेल, राधा पन्थ, भवानी गौतम, बिष्णु रिमाल निर्वाचित भएका छन् ।

सचिबमा दीपु ज्ञवाली, कोषाध्यक्षमा रीता खनाल एवं सरिता थापा र भवानी पौडेल चयन भएका छन् ।

यसैबीच लायन्स क्लब अफ गुल्मीको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा एक सय पचास जनाले रक्तदान गरेका छन् ।

सरकारी सेवाका कर्मचारी, व्यवसायी, पत्रकार, कलाकार, सुरक्षा निकाय लगायत हरेक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागितामा रक्तदान गरिएको हो ।
lions club of kathmandu resunga
कार्यक्रम संयोजक बिष्णुप्रसाद भण्डारीका अनुसार राजधानीमा हुने रक्त अभावलाई मध्यनगर गरेर रक्तदान कार्यक्रम राखिएको बताए ।

गुल्मी लायन्स क्लबको सो रक्तदान कार्यक्रममा डिष्ट्रिक गभर्नर बालकृष्ण बुर्लाकोटी, लायन्सका अगुवा भीम पौडेल, बरिष्ठ पत्रकार टंक पन्त, गगन बिष्ट, रमेश बिष्ट, एआइजी शैलेन्द्र खनाल, ग्रीनसिटी अस्पताका अध्यक्ष लोकबहादुर टण्डन, एमालेका नेता छबिलाल बिश्वकर्मा, लायन्सका अगुवा हरि भण्डारी, युवराज न्यौपाने, लीलामणि खरेल, मन रोक्का, कलाकार शंकर बिसी, तिलक बस्नेत लगायतले रक्तदाताहरूलाई शुभकामना दिएका थिए ।

Comments

comments

Comments are closed.