रेसुङ्गा नगर कमिटीमा थापा अध्यक्ष

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन १७ । अव केन्द्रमा भन्दा स्थानिय तहमा वलियो आधार रहेको निष्कर्श निकाल्दै केन्द्रिय स्तरका नेताहरु गाउँ र नगरपालिकाको प्रमुख बन्ने दाउमा लागेका छन् ।

गत संविधान सभा निर्वाचनमा गुल्मी क्षेत्र नम्वर २ का सभासद उमेदरवार भई सकेका र नेकपा माओवादी केन्द्रको केन्द्रिय आयोजक समितिका सदस्य समेत रहेका अशोक थापा ( मुक्ति ) सोही पार्टीको प्रथम रेसुङ्गा नगर सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । उनको अध्यक्षमा ५५ सदस्यी नेकपा माओवादी केन्द्र रेसुङ्गा नगर कमिटी गठन भएको छ ।
उपाध्यक्षमा धर्म बिश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा गिरीसिंह महाकिम , सह सचिवमा कमला पुन र कोषाध्यक्षमा वविता रिजाल निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई सो पार्टीका केन्द्रिय सदस्य तथा क्षेत्र नम्वर २ का ईञ्जार्च बुद्धि जिसीले सपथ खुवाएका थिए ।
बन्द सत्रका नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य डिलाराम आचार्यले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । प्रमुख अतिथी आचार्यले चुनावमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

Comments

comments

Comments are closed.