रेसुङ्गा क्याम्पसमा अक्षयकोष स्थापना

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष ११ । तम्घासका एक व्यवसायीले रेसुङ्गा वहुमुखी क्याम्पस गुल्मी तम्घासमा एक लाख भन्दा बढि रकमको अक्षयकोषको स्थापना गरी दिएका छन् ।
पौष १४ गते त्यस क्याम्पसको ३८औं वार्षिकोत्सवसको पुर्व सन्ध्यामा तम्घास पुतली बजारमा रहेको सम्राट विराट स्टोर्शका प्रोपाईटर हरि भुसालले स्वर्गिय पिता सुमन्त भुसाल र स्वर्गिय सुपुत्र विराट भुसालको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँ वरावरको अक्षयकोष स्थापना गरेका हुन् ।
छिमेकी जिल्ला अर्घाखाँचीको मरेङ्ग गाविस वडा नम्वर ६ स्थाई घर भई २०५० साल देखि तम्घासको पुतली वजारमा व्यसाय गर्दै आएका भुसाल परिवारले यहाँको शैक्षिक तथा अन्य सामाजिक क्षेत्रमा पनि सहयोग र सहकार्य गर्दै आएका छन् ।
यसै विच सोही क्याम्पसमा आजै एक समारोहका विच तम्घास नयाँ वजारकी स्वर्गिय ईश्वरादेवि थापा स्मृति छात्रबृत्ति कोष स्वर्गिय थापाका श्रीमान केशरबहादुर थापाले स्थापना गरी दिएको क्याम्पस प्रमुख हरिबहादुर केसीले जानकारी दिए ।
थापा परिवारले ५ लाख राशीको उक्त कोषबाट विविएस प्रथम वर्षको परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्न उद्देश्य राखेको क्याम्पस प्रमुख केसीले बताए । पौष १४ गते भव्य रुपमा हुन लागेको वार्षिकोत्सवको अन्तिम तयारीका लागि यति वेला क्याम्पस परिवार व्यस्त रहेको छ । त्यसको पुर्व सन्ध्यामा पुर्व घोषित चन्दादाताहरुले समेर रकम हस्तान्तरण गर्ने क्रमलाई तिव्र पारेका छन् ।

Comments

comments

Comments are closed.