रेसुङ्गा क्याम्पसमा नेवि संघको किल्ला तोडे कम्युनिष्ट विद्यार्थीहरुले

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन–१९ । रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी तम्घासको ईतिहाँसमा पहिलो पटक नेपाल विद्यार्थी संघको किल्लालाई कम्युनिष्ट विद्यार्थीहरुले तोडेका छन् । नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रन्तिकारी) मिलेर संयुक्त प्यानल बनाई हिजो भएको स्वतन्त्र विद्याथीको निर्वाचनमा उनिहरुले नेपाल विद्यार्थी संघलाई भारी मतले हराएका हुन् ।

उपप्राध्यापक एवं निर्वाचन अधिकृत बुद्धराज न्यौपानेले हिजो भएको मतदान र आज भएको मत गणनाको परिणाम सार्वजानिक गर्दै पुरै संयुक्त प्यानल अध्याधिक मतले विजयी भएको घोषणा गरेका थिए ।
। कुल मतदाता ७ सय ५४ मा ६ सय ७० मत खसेकोमा संयुंक्त प्यानलबाट सभापतिका उमेदवार अनेरास्ववियुका श्रीराम महतले ३ सय ६१ मत ल्याएर प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका टोमलाल पन्थीलाई ६० मतले पराजित गर्दै विजयी भएका छन् ।

पन्थीले ३ सय १ मत ल्याएका थिए । सचिवमा पनि संयुक्तकै नविन अर्यालले सवै भन्दा बढि ३ सय ८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी रोशनसिंह ठकुरीले २ सय ७२ मत ल्याएका थिए । कोषाध्यक्षमा विपना सुर्यबशीले ३ सय २६ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्धन्द्धी पुनाराम घिमिरेले २ सय ७३ मत ल्याएका थिए ।
सदस्यमा संयुक्त प्यानलका सवै सदस्यहरु अध्याधिक मत ल्याएर विजयी भएका छन् । दिपक कुँवरले ३ सय ४८ मत ल्यार सदस्यमा विजयी भएका छन् । , लक्ष्मी अर्यालले ३ सय ४० मत ल्याएकी छिन् । रमेश भण्डारीले ३ सय ३८ मत , सन्दिया भुजेलले ३ सय ३५ मत , हर्कबहादुर बिकले ३ सय ३९ मत लएका छन् । विजयी विद्यार्थीहरुलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष शालिक पन्थी , क्याम्पस प्रमुख हरिबहादुर थापाले अविर पहिराउँदै बधाई एवं सफल कार्याकालको शुभकामना दिएका थिए ।

किल्ला तोड्न दुई दलका नेतृत्वबाटै ‘एक्सरसाईज ’
यो जितलाई दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र र अन्य कम्युनिष्ठहरुले ऐतिहिाँसक जितका रुपमा लिएका छन् । नेकपा एमालेका विद्यार्थी ईन्चार्ज हिरा एसीले आफ्नो पार्टी र माओवादी केन्द्रका नेतृत्वपक्तीबाटै पनि केहि दिन देखि तयारी थालेको बताए ।
उनले यो जितलाई ऐतिहाँसिक जितका रुपमा लिएको र यो जितले आगामी स्थानिय तहको निर्वाचनलाई पनि यहि परिणाममा उभ्याउने दावि गरे । माओवादी केन्द्रका विद्यार्थी ईन्चार्ज अशोक थापाले पनि असम्भव जस्तै देखिएको यो ऐतिहाँसिक विजयलाई आगमी दिनमा हुने स्थानिय तहको निर्वाचनको शुभ लक्ष्यण देखिाएको बताए ।
२०४१ सालमा त्यस क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट टानबहादुर पाण्डे सभापति निर्वाचित भएतका थिए । सोही संगठनका जंग नेपाली सचिव निर्वाचित भएका थिए । २०६० सालमा अनेरास्ववियुका हिरा एसी सचिवमा निर्वाचित भएता पनि सभापति जित्न सकेका थिएनन् ।
त्यस यता २०६५ साल सम्म नेपाल विद्याथी संगठनको एक छत्र राजलाई आफुले तोडेको त्यस वर्षको स्ववियु निर्वाचनमा क्रान्तिकारी सहितको प्यानलबाट सभापति मात्रै जितेको ज्ञानबहादुर महतरा बताउछन् । उनले मात्रै सभापति जिते तर प्यानलका अरु सवै पद हारे पछि सोचे जस्तो काम गर्न नसकेको उनि स्वीकार गर्दछन् ।
आज विहान सम्म संयुक्त प्यानबाट सभापति सम्म जित्न सकिन्छ कि भन्ने आंकलन गर्दै थिए एमाले र माओवादी केन्द्रका नेताहरु । नेवि सघका विद्यार्थीहरु सवै जित्न सक्ने आँटमा थिए । यहाँका वुद्धिजिवीहरु प्नि संयुक्त प्यानलले बढिमा सभापति सम्म जित्न सक्ने आंकलनमा थिए । पुरै प्यानलको जित दुई विद्यार्थी संगठनलाई पनि अकल्पनिय जित बन्न पुगेको छ । प्रत्यक्ष तर्फको मत परिणाम घोषणा गरे लगत्तै सामनुपातिक तर्फ मतगणनाा चलिरहेको छ ।
माओवादी केन्द्रका लागि पनि यसपालि ऐतिहाँसिक
नेकपा माओवादी केन्द्र गुल्मीका लागि पनि यसपालीको स्ववियु निर्वाचनमा आफ्नो विद्यार्थी संगठन अनेरास्ववियु ( क्रान्तिकारी ं) को जितलाई ऐतिहाँसिक जित बनेको छ । हिजो भएको तिन वटा क्याम्पसको निर्वाचनमा दुई वटा क्याम्समा क्रान्तिकारीले सभापतिमा विजयी भए । अर्को एक क्याम्पसमा सहमतीमै अरु संगठनले सभापति क्रान्तिकारीलाई बनाए पछि हाल सम्म तिन वटा क्याम्समा क्रान्किारीले सभापति हात पारेको छ । क्रान्तिकारीबाट धुर्कोट वमरमानन्द भण्डारी वहुमुखी क्याम्पसमा शितल थापा सभापतिमा निर्वाचत भएका छन् ।
श्रृङ्गिस्वरमा वहुमुखी क्याम्पस रानाीवासमा किसन पाण्डे सभापतिमा निर्वाचितत भएका छन भने जनज्योति वहुमुखी क्याम्स पुर्कोटदहमा पनि क्रान्तिकारीकै सिर्जना घिमिरे सभापतिमा सर्वसम्मत निर्वाचित भएकी छिन् । गुल्मीका अन्य क्याम्पसमा पनि क्रान्तिकारीको वर्चस्व पदाधिकारी र सदस्यमा राम्रै रहेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य यदु ज्ञवालीले बताए ।
चुनाव हुन नसकेका अरु क्याम्पसमा पनि आफुहरुले हस्तक्षेप गर्ने उनको भनाई रहेको छ । रेसुङ्गा क्याम्पसको विजय घोषाणा लगत्तै विद्यार्थीहरु मात्र नभएर तम्घासमा रहेका सवै कम्युनिष्टहरु जोडदार ढंगले विजयी जुलु मनाउँदै वजार परिक्रममा गरिरहेका छन् ।

Comments

comments

Comments are closed.