रेसुङ्गामा नयाँ शक्ति र राप्रापाको उम्मेदवारी फिर्ता, एमालेलाई समर्थन

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
६ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले मेयरमा एमाले मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । नयाँ शक्ति नेपालका पदमवहादुर खत्री र राप्रपाका उम्मेद्वार निर्मला पाण्डेयले एमालेका मेयरका उम्मेदवार डिल्लीराज भुसाललाई समर्थन गरेका हुन् ।

खत्री र पाण्डेयले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् नगरको उपमेयर तथा वडाहरुमा भने दुबै दलको उम्मेदवारी कायमैै छ ।

नगरमा कांग्रेसको मत बलियो मानिएको छ । तर, थपिएका गाविसहरुमा राम्रो जनमत भएको एमालेलाई नयाँ शक्ति र राप्रपाले पनि समर्थन गरेपछि प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

Comments

comments

Comments are closed.