यस्ता छन् रेसुंगा र मुसिकोट नगरका मेयर र एजेण्डा

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, १ असार । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका रहेका छन् । दुई नगर सहित १० गाउँपालिमा सवै दलले लगभग उमेदवार टुङग्याएर मनोनयनको चरणमा छन् । जिल्लाका सवै स्थानीय तहको चुनावी प्रतिस्प्रर्धा उस्तै छ ।

तर पनि जिल्ला दुई नगरपालिकालाई अझ बिशेष किसिमले हेरिएको छ । जहाँ पार्टीका प्रमुख व्यतिmहरुको नै उमेदवारी परेको छ । मतदाताहरुले पार्टी र अनुहार हेरेर भन्दा एजेण्डाका आधारमा भोट दिने भएकाले उनीहरु सकेसम्म जनप्रिय कुरा नै बोलिरहेका छन् ।
candidates resunga and musikot
रेसुंगा नगरपालिका

भुवन श्रेष्ठ – नेपाली कांग्रेस
रेसुंगा नगरपालिकामा कांग्रेसकै पार्टी सभापति भुवन प्रसाद श्रेष्ट मेयर पदको उमेद्वार हुन् । पार्टीका जिल्ला सभापति नै मेयर पदको उमेदवार भएपछि जिताउन सिङ्गो कमिटी नै कस्एिको छ । श्रेष्ठ २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तम्घास गाविसका निर्वाचित अध्यक्ष हुन् । उनले रेसुंगा नगरको बिकासका लागि प्रमुख बिषय पर्यटकिय तथा धार्मिक क्षेत्र रेसुंगालाई बनाएका छन् । रेसुंगा क्षेत्रमा रिङ्गरोड, घरघरमा पानी, सडक र बिजुली उनका प्रमुख काम रहेका छन् । तम्घास–खाम्सेपानी–नयाँगाउँ सडक, तम्घास–नेटा सडक कालोपत्रेलाई पनि उनले आफ्नो एजेण्डा बनाएका छन् ।

डिल्लीराज भुसाल – नेकपा एमाले
त्यस्तै रेसुंगा नगरमा पहिलेबाटै खानेपानीको सहजताको लागिरहेको बताउँदै श्रेष्टले त्यसको बिस्तारलाई पनि आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । साथै शिक्षा र स्वास्थ्यका क्षेत्रका आमुल परिवर्तन गर्ने योजना श्रेष्टको रहेको छ । त्यस्तै एमालेको तर्फबाट मेयरको उमेदवार बनेका डिल्लीराज भुसालले पहिला त आफुले कुनै सरकारी सुविधा नलिने बताएका छन् । त्यस्तै उनले पनि रेसुगां क्षेत्रको विकास, रेसुंगा विमान स्थललाई समयमै सम्पन्न गरि सेवा बिस्तार गर्ने ,अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निशुल्क खानेपापानी बितरणलाई आफ्ना प्रमुख चुनावी एजेण्डा बनाएका छन् । साथै उनले बृद्धा भत्ता बढाएर घरमै पु¥याउने, भुमिहिनलाई लालपुर्जा दिने, घरघरमा सडक संजाल पुराएर कालोपत्रे गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

धर्म बिश्वकर्मा – माओबादी केन्द्र
नेकपा माओवादीको तर्फबाट मेयर पदको उमेद्वार बनेको धर्म बिश्वकर्माले एक बर्ष भित्र रेसुंगा नगरमा भएका सवै खरेघरका छाना हटाएर टीन राख्ने, भुमिहिनलाई उचित स्थानमा जग्गा उपलब्ध गराएर लालपुर्जा दिने, सवैवडाका बिद्यालयलाई प्राविधिक बनाउने, रेसुंगा बहुमुखि क्याम्पसको विकास गर्ने, रेसुंगामा केबुलकार संचालन गर्ने, तम्घास अस्पतालको विकास गर्ने तथा रेसुंगा विमान स्थललाई समयमै सम्पन्न गर्ने योजना बनाएका छन् ।

मुसिकोट नगरपालिका

सोमनाथ सापकोटा – नेकपा एमाले
जिल्लाको सवैभन्दा बढि मतदाता भएको नगर मुसिकोट नगरपालिका हो । त्यस नगरमा नेकपा एमालेको तर्फबाट पार्टी सचिव सोमनाथ सापकोटा मेयरका उमेदवार हुन् । धेरै जसो ग्रामिण क्षेत्र समेटेर बनेको मुसिकोट नगरपालिकाका उमेदवारहरुका एजेण्डा पनि गाउँ सुहाउँदा छन् । सापकोटाले कृषी र पर्यटन मार्फत नगरबासीको सपना पुरा गर्ने बताए । बिशेषगरी कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, नेपालमै कफीको जननी मानिने आँपचौर आफ्नै नगरमा पर्ने भएकोले कफीको बजारीकरण र व्यावसायिकरणमा जोड दिएका छन् । बालउद्यान, जेष्ठ नागरिक गृह, खेलकुद मैदान, सवै टोलहरुमा सडक संजाल, उज्यालो घर, सरकारी विद्यालयको स्तरउन्नती गर्ने, मध्यमस्तरको प्राविधिक शिक्षालय स्थापना गर्ने,नगर क्षेत्रमा ५० शैयाको अस्पताल स्थापना गरी सञ्चालन गर्ने, पत्येक वडामा स्वास्थ्य केन्द्र मार्फत एम्बुलेन्स सेवा पुराउने सापकोटाले चुनावी एजेण्डा तयार गरेका छन् । नगरबासीका निजी सपना पुरा गरी नमुना नगर बनाउन आफुले उमेदवारी दिएको उनले बताए ।

कृष्णहरि सापकोटा – नेपाली कांग्रेस
नेपाली कांग्रेसको तर्फबाट मुसिकोट नगरपालिकाको मेयरपलका उमेदवार कृष्ण सापकोटाले चुनावी एजेण्डाको रुपमा स्वास्थ्य क्षेत्रको विकासलाई अगाडी सारेका छन् । केहि समय अगाडी सापकोटाले दुई करोडको जग्गा निशुल्क प्रदान गरी निशुल्क भवन निर्माण गरेर आँखा अस्पताल निर्माण गरेका थिए । उनले मानिसको स्वाथ्य भनेको महत्वपुर्ण कुरा भएकाले सुविधा सम्पन्न अस्पताल, कृषी, सडक बिस्तार, प्राविधिक शिक्षालाई प्राथमिकताका साथ लिएका छन् । उनले सवै वडाहरुमा सेवाहरुलाई सहज र सरल बनाउने तथा बृद्धबृद्धाहरुका लागि उपयुक्त कार्यक्रम संचालन गर्ने बताएका छन् ।

खुब ब. थापा – माओबादी केन्द्र
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरको उमेदवार बनेका खुम बहादुर थापाले किसानलाई किसान भत्ता, अण्डर ग्राउण्ड बिद्युत लाइन बिस्तार, प्रत्येक वडामा महिनामा दुई दिन पुगेर आफै सेवा दिने, नगरपालिकामा चक्रपथ निर्माण गरि नगरबस संचालन गर्ने उर्वर जमिन पलटिङमा रोक लगाउने तथा अनुत्पादक क्षेत्रमा बस्ती बिस्तार गर्ने योजना बनाएको उमेदवार थापाले बताए ।

Comments

comments

Comments are closed.