रुरु गाउँपालिका अध्यक्षमा हजुरबुवा र नाती पुस्ताका उम्मेद्वार

  •  
  •  
  •  
  •  
  •  

जनार्दन घिमिरे
गुल्मी, जेठ २७ । दोस्रो चरणको स्थानीय तह चुनावका लागि गुल्मीको एक गाउँपालिकाबाट सबैभन्दा बढी र कम उमेरका व्यक्तिहरु गाउँपालिका अध्यक्षमा उमेद्वार बनेका छन् ।

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका मध्ये रुरु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट ७१ वर्षका निलकण्ठ गौतम र नेकपा माओवादी केन्द्रको तर्फबाट २६ वर्षका यदु ज्ञवाली गाउँपालिका अध्यक्षमा उम्मेद्वार बन्नु भएको हो ।
ruru election news
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आउनु भएका गौतम अहिले एमालेको ५ नम्बर प्रदेश कमिटि सदस्य हुनुहुन्छ । यस्तै ज्ञवाली अहिले अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।

गौतम नेकपा एमालेको तर्फबाट एक्ला उम्मेद्वार हुनुहुन्छ भने ज्ञवाली माओवादी र नेपाली कांग्रेसको तर्फका संयुक्त उम्मेद्वार हुनुहुन्छ । गाउँपालिका अध्यक्षमा हजुरबुवा र नाति उमेर समूहका व्यक्ति चुनावी प्रतिस्पर्धामा उत्रिएपछि निकै रोचक हुने आम मतदाताको अनुमान छ ।

Comments

comments

Comments are closed.