रुपाकोट सोतामा खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुँदै

  •  
  •  
  •  
  •  
  •  

गोपाल भण्डारी
भाद्र १७, रुपाकोट सोता। हरितालिका तीजको अवसर पारेर ठुलो तीजको दिन भाद्र १९ गते आइतबार रुपाकोट सोतामा खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुँदैछ। जनता नि.मा..बि.को प्राङ्गणमा हुने कार्यक्रममा रुपाकोट वरिपरिको क्षेत्रलाई निमन्त्रणा पठाइएको र सकेसम्म धेरै सहभागिता गराउन कोशिस गरिने आयोजकले जानकारी दिएकाछन् ।

मौलिक भाका र नृत्यलाई प्राथमिकता दीईने प्रतियोगितामा राजनीतिक तथा सामजिक सद्भाव बिगार्ने गीत र नृत्यलाई बन्देज गरिएकोछ । स्थानीय युवाहरुको सक्रियतामा आयोजना गरिएको प्रतियोगितामा प्रथम पुरस्कार रु १२,०००/- (प्रायोजक:-लक्ष्मण भण्डारी तथा गीता भण्डारी, कालिका गेस्ट हाउस, बागबजार, काठमाडौँ), दोस्रो पुरस्कार रु ८,०००/- (प्रायोजक बिष्णु भण्डारी,तल्लोदमुका. हाल:-जापान), तृतीय पुरस्कार रु ४,०००/- (प्रायोजक धनलक्ष्मी रेस्टुरेन्ट, धुरपुर(तल्लो दमुका),रुपाकोट) र सान्त्वना पुरस्कार रु १,५००/- (प्रायोजक बेद प्रसाद भण्डारी र टेकराज भण्डारी, रामनगर किराना पसल, सोता) रहेको जानकारी दिईएको छ। त्यसै गरि अनुशातित समुह पुरस्कार:- १,०००/- (प्रायोजक:- कृष्ण भण्डारी, धुरपुर), उत्कृस्ट नृत्य पुरस्कार १,०००/- (प्रायोजक:- बिभिसन भण्डारी, धुरपुर), उत्कृस्ट भेषभुसा पुरस्कार:- १,०००/- (प्रायोजक:- भुवन भण्डारी,धुरपुर) र उत्कृस्ट गायन पुरस्कार १,०००/- (प्रायोजक:-लब्सन भण्डारी,धुरपुर) ।

 

 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *