रुपन्देहीमा मोटरसाईकल दुर्घटना हुँदा गुल्मीका प्रहरी हवल्दारको मृत्‍यु

  •  
  •  
  •  
  •  
  •  

रुपन्देही, माघ २३ । महेन्द्र राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ । देबदह–१० भलुहीमा लु.२९ प ६५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको बारमा ठोक्किँदा मोटरसाइकल चालक गुल्मी पराल्मीका कर्ण बहादुर रजालीको मृत्‍यु भएको हो ।

ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुमा कार्यरत प्रहरी हवल्दार रजाली दुर्घटनामा गम्भीर घाईते भएकाले लुम्विनी अञ्चल अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडी सवार अस्थाई प्रहरी बिट ट्राफिकचोक बुटवलमा कार्यरत प्रहरी जवान राजु के.सी. समेत घाईते भएकाले सोही अस्पतालामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

comments

Comments are closed.