रुपन्देहीको देबदहमा गुल्मीका अर्यालको मृत्‍यु

  •  
  •  
  •  
  •  
  •  

रुपन्देही । देवदह–१० स्थित महेन्द्र राजमार्गमा ट्रक दुर्घटना हुँदा ट्रकचालकको मृत्‍यु भएको छ । ग.१ ख ७००१ नम्बरको ट्रकमा शुक्रबार फलामको ट्याङकी लोड गरी लैजाने क्रममा दुर्घटना हुन पुगेको हो ।

ट्याङकी बाँधिएको टुचन बिच बाटोमै चुँडिएर ट्रकचालक गुल्मी सिमलटारी–२ का २५ वर्षीय कृष्ण अर्याललाई च्याँप्न पुगेको थियो । घटनास्थलमा गम्भिर घाईते भएका अर्यालको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले आफ्नो वेबसाईटमा जनाएको छ ।

Comments

comments

Comments are closed.