रुख काट्ने क्रममा मृत्यु

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी फागुन २६ । रुख काट्ने क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको रुपाकोट गाविसको वडा नं. ९ स्थित पिपलचौर भन्ने स्थानमा बिद्यालयको भवन निर्माणको लागी रुख ढाल्ने क्रममामा च्यापीएर सोहि गाविस वडा नं. १ निवासी ७८ वर्षिय नन्दराम पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।

रुपाकोट स्थित सारदा माविको भवन निर्माणको लागी रातोमन्टे भन्ने रुख ढाल्ने क्रममा घाइते भएका पोखरेलको थप उपचारको लागी पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रुख काट्ने क्रममा अन्य २ जना घाइते भएका छन् । सोहि गाविस निवासी २४ वर्षिय लक्ष्मी भण्डारी र २१ वर्षिय सुनिता भण्डारी घाइते भएका हुन् । घाइते २ जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गाई तार्नेक्रममा बगेर मृत्यु
गाई खोला तार्नेक्रममा बगाएर एक जनाको मृत्यु भएको छ । गुल्मीको ग्वादी गाविस वडा नं. २ का वर्ष २५ का युवराज बिको काली गण्डकीमा गाई खोलातार्ने क्रममा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रिडी गुल्मीका सहि अम्मरबहादुर मिदुनमगर जानकारी दिए । बुधवार गाइतार्ने क्रममा बगेर बेपत्ता भएका बिकको शब बिहिवार मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Comments

comments

Comments are closed.