रिडी बजार केन्द्र नभए गुल्मी ठप्पको चेतावनी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, कार्तिक–२० । ४ नम्वर ईलाका भित्रै केन्द्र मागको आन्दोलनले आज देखि बडिघाट खोला लाईनको यातायात ठप्प प्राय पारिरहेको बेला आजै ५ नम्वर ईलाका अन्तरगतको केन्द्र रिडी बजार नबनाईए सिंङ्गो गुल्मी जिल्ला नै ठप्प पार्ने चेतावनी त्यहाँका वासीन्दाले दिएका छन् ।

ridi-birodhकार्यदलले तयार पारेको गाउँपालिको नामकरण भने रुरु क्षेत्र तर केन्द्र तोक्ने फरी उक्त क्षेत्रले छुदै नछुने स्थानमा भन्ने आक्रोष पोख्दै त्यहाँका जनप्रतिनिधीहरु , सयौ युवा र महिला प्रतिनिधीहरु आज सदरमुकाममा डेलिगेशन आई रुरु क्षेत्रमै केन्द्र हुनु पर्ने माग राखेका छन् ।

रुरु क्षेत्र नेपालकै चारधाम मध्ये एक धाम भएको, ऐतिहाँसिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्र साथै गुल्मी जिल्लाका प्रवेशद्धार भएको , चौतर्फी यातायतको केन्द्र भएको र गाउँपालिकाकाृ लागि चाहिने आवस्यक पुर्वधारहरु पुर्ण भएको हुनाले ईलका नम्वर ५ अन्तरगत बन्ने रुरु क्षेत्र गाउँपालिकाको केन्द्र रुरु क्षेत्रको मुख्य स्थान रिडीमै हुनु पर्ने त्यहाँका जनप्रतिनिधीहरुको माग रहेको छ ।

यस अघि नगरपालिकाको दावि समेत गरेका र नगरयुक्त वजारिकरण र वातवरण बनाएका रिडीवासीले अवको गाउँपालिकालाई आवस्यक सम्पुर्ण पुर्वधार समेत कार्यदललाई पेश गरेका छन् ।

पक्की पुल , सडक , विद्युत , खानेपानी प्रवि देखि क्याम्पस सम्मको शैक्षिक क्षेत्र , स्वास्थ्य , ईलाका स्तरको सुरक्षा निकाय , सुचना तथा सञ्चार , बैंक, वजार, खेल मैदान , दुई वटा कर्बडहल , विभिन्न धार्मिक स्थान लगायत केन्द्र स्थापना हुँदा अवस्यक सवै पुर्वधार पहिले नै तयारी भएकोले राज्यलाई समत भार नपर्ने उनिहरुको दावि छ ।

रुरु क्षेत्र विश्व सम्पदा सुचीमा समेत नेपाल सरकारद्धारा स्वीकृत भई सिफारिस भएको र देशकै प्रशिद्ध स्थान रुरु क्षेत्र गाउँपालिकाको केन्द्र हुन जिल्लावासीका लागि गनि गौरवको विषय हुने त्यहाँका जनप्रतिनिधीहरुले बताए ।

उक्त माग प्रविधिक समितिका निमित्त प्रमुख रहेका र यति वेला निमित्त स्थानिय विकास अधिकारी समेत रहेका सरोज पोखरेल र उच्च स्तरिय विवाद समधान सवन्व्य समितिमा रहेका दलका शिर्ष नेताहरु समक्ष पेश गर्न नेपाली कांग्रेसका रुरु गाउँ कार्य समिति सभापति रामचन्द्र भट्टराई , नेकपा एमालेका सचिव माधवप्रसाद ज्ञवाली ,नेकपा माओवादी केन्द्रका अध्यक्ष फर्शुराम पौड्याल, रुरुका निर्वतमान गाविस अध्यक्ष केशरमान श्रेष्ठ , निर्वतमान उपाध्यक्ष चन्द्रलाल कसाजु, नेकपा एमाले जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ सहितका त्यहाँ क्रियाशिल राजनैतिक दलहरु आएका थिए ।

त्यस्तै उद्योग वाणिज्य संघ रिडी शाखाका अध्यक्ष सुवर्णलाल कक्षपति , रुरुफे्रण्डस क्लवका उपाध्यक्ष सोमित श्रेष्ठ , रिडी वजार व्यवस्थापन समितिका सचिव सुन्दर कसाजु, नागरिक समाज रिडीका अगुवा गुरुप्रसाद ज्ञवाली, रिडी वहुमुखी क्याम्सका अध्यक्ष ओम आमत्य , रुरु संष्कृतिक विद्यापिठ तथा साधरण माविका अध्यक्ष भरतराज ज्ञवाली रुरु प्रािवका प्रधानध्यापक पदम थापा र चेतनशिल महिला समुहकी अध्यक्ष लक्ष्मी ज्ञवाली लगायत आएका थिए ।

ति जनप्रतिनिधी र संघ संस्थाका प्रतिनिधी सहित रिडीबाट आएका सयौं युवाले जिल्ला विकास समिति अगाडी नारा लगाउँदै यसरी चेतावनी दिए–‘ रिडीमा केन्द्र नपारिए हामीले गुल्मी ठप्प पार्दैनौ , रिडी ठप्प पाछौं । रिडी ठप्प पारे गुल्मी आफै ठप्प हुने छ , ख्याल गरौं । ’

 

Comments

comments

Comments are closed.