रिडिमा गाउँपालिकाको केन्द्र माग्दै संघर्ष समिती गठन

  •  
  •  
  •  
  •  
  •  

सुन्दर कसजु
रिडि, कार्तिक २१। रिडि लाई रुरु गाउँपालिकाको केन्द्रका लागि सिमा निर्धारण आयोगले प्रस्ताव नगरेपछी रिडि वासी आन्दोलित भएका छन। हिजो २० गते रिडि लाई गाउँ पालिकाको केन्द्र माग्दै तम्घास डेलिगेसन गइ धर्ना, बिरोध तथा ज्ञापन पत्र बुझाएका रिडि वासिले आज संघर्ष तथा समन्वय समिती गठन गरेका छन। रुरु गाउँपालिका केन्द्र निर्धारण संघर्ष तथा समन्वय समिती नामांकन गरि ४१ सदस्यीय समिती गठन गरिएको छ।
gulmi-ridi-news
राम चन्द्र भट्टराईको संयोजकत्वमा गठित समितिको सह संयोजकमा चेत बहादुर घर्ती रहनु भएको छ भने सचिबमा राम लाल बिक र ससचिबमा माधव प्र ज्ञवालि रहनु भएको छ। त्यसैगरी सदस्यहरुमा संस्थागत प्रतिनिधिमा गुल्मी उद्योग बाणिज्य संघ रिडि शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपती, रुरु फ्रेन्डस क्लबका उपाध्याय शोभित थापा, रिडि बजार ब्यबस्थापन समितिका सचिब सुन्दर कसजू, ब्याडमिन्टन क्लबका अध्यक्ष नवराज कालिराज, सप्त चण्डी महिला समूह कि अध्यक्ष धना राना, चेतन्शिल महिला बहु उद्देशिय स. संस्था कि अध्यक्ष लक्स्मी ज्ञवालि र कालिका आमा समूह कि अध्यक्ष लक्स्मी ज्ञवालि लगायत ४१ जना सदस्य रहनु भएको छ। त्यसैगरी सल्लाहकारहरुमा केशरमान बजिमय, चन्द्रलाल कसजू, गुरु प्र ज्ञवाली, किशोर श्रेष्ठ, हिमाल श्रेष्ठ , जीवन कसजू तथा सुरज गुरुङ लगायत १४ सदस्य रहनु भएको छ।
ridi-news
आज गठित समितिको आजनै बसेको बैठकले तत्काल बन्द हडतालका कार्यक्रमहरु नगर्ने र सिमा निर्धारण आयोगको निर्णय कुर्ने निर्णय कुर्ने र त्यो बेल सम्म संबन्धित पक्ष लाई झक्झकाउने तथा विभिन्न माध्यमहरु बाट दवाब दिने निर्णय गरेको छ।

Comments

comments

Comments are closed.