खेलकुद

रिडिमा क्रिकेट प्रतियोगिता सुरु, ६ जिल्लाका १८ टिम सहभागी

अनिल खत्री
गुल्मी, भदौ २७ । गुल्मीको रिडीमा मदन आश्रीत स्मृति खुल्ला क्रीकेट प्रतियोगित सुरु भएको छ । युवा संघ नेपाल रुरु १ को आयोजनामा रिडीमा मदन आश्रीत खुल्ला क्रीकेट प्रतियोगिता सुरु भएको हो । खेलको पूर्व संसद कमल राज श्रेष्ठद्वारा ब्याटिङ र युवा संघ नेपालका केन्द्रिय सदस्य हिमाल श्रेष्ठ द्वारा बलिङ गर्दै कार्यक्रमको उदघाटन गरेका थिए ।

cricket in ridiक्रीकेट प्रतियोगितमा गुल्मी, पाल्पा, स्याङजा, रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका स्थानबाट १८ समुहले भाग लिएको आयोजकले जनाएको छ । प्रतियोगितमा प्रथम हुने समुहले नगद ५० हजार र ट्रफी, द्वितीय हुनेले २५ हजार नगद सहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।