राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान युरोप शाखाको प्रेस बिज्ञप्ती

  •  
  •  
  •  
  •  
  •  

प्रेस बिज्ञप्ती

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले बिकटमा जन्मेर अबसरबाट बन्चित प्रतिभाहरुको पहिचान गर्ने प्रमुख उद्येश्यका साथ “गाउगाउँमा नेपाली गीतसंगीतमा झुकाब राख्ने प्रतिभाहरुको वर्तमान अवस्था, भोग्न परेका समस्या तथा समाधानका विकल्पहरु” शिर्षकमा सामाजिक संजालमार्फत सर्वेक्षण गर्न लागिएको कुरा जानकारी गराउदछौं ।
lok dohori europeहाम्रो यो अभियानमार्फत आफ्नो गाउँ टोलमा भएका भोलिका धरोहर आजका संगीतका कलिला मुनाहरुलाई हामीसम्म जोडिदिन सहयोग गरिदिनुहुनको लागि सम्पूर्ण आमाबाबा दाजुभाइ दिदिबैनी, शिक्षक, बिद्यार्थी लगायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सम्पूर्ण जिल्ला तथा अञ्चल शाखाहरुलाई बिनम्र अनुरोध गर्दछौं । उक्त सर्वेक्षणले यस राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखा र यसै शाखाले स्थापना गरेको ‘परोपकारी संगीत कोष’का आगामी कार्यक्रमहरु तय गर्न महत्वपूर्ण भूमिका खेल्ने हुनाले गाउँगाउँमा प्रसारण हुने एफ एम रेडियो तथा संचारकर्मी साथीहरु, पत्रकार एबम सम्पूर्ण नेपाली संगीतका शुभचिन्तकहरुलाई यो संदेश नेपालका बिकट/निकटका कुना कन्दरामा पुराइदिनुहुनको लागि अनुरोध गर्दछौं ।
सर्वेक्षण हुने अबधि :
२०७३ भाद्र ५ देखि २०७३ भाद्र ३१ सम्म
२०१६ अगष्ट २१ देखि २०१६ सेप्टेम्बर १६ सम्म
सर्वेक्षणमा सहभागी हुने तरिका :

नेपाली गीत गुङ्गुनाउन वा गाउन सक्ने (म्युजिक ट्रयाक बिना) वा बाजा बजाउन सक्ने, आफ्नो आवाजमा कुनै पनि गीत रेकर्ड नगरेको र राष्ट्रिय तथा क्षेत्रीय स्तरका स्टेजमा अवसर नपाएको व्यक्तिलाइ सर्वेक्षणमा सहभागी गराइनेछ ।
सर्वेक्षणमा सहभागीले गायन, बाचन वा बाध्यबादन मार्फत आफ्नो प्रस्तुति (गीत गाएको/गुनगुनाएको, बाजा बजाएको) को भिडियो/अडियो खिचेर वा रेकर्ड गरेर यस संस्थाको फेसबुक Lokdohori PratisthanEU या फेसबुक पेज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल युरोप शाखा या lokdohorieuropebranch@gmail.com मा पठाउनु पर्ने छ ।
भिडियो/अडियो कम्तिमा ३ मिनेटको हुनु पर्नेछ ।
भिडियो/अडियोमा प्रस्तुति संगसंगै उक्त व्यक्तिको उद्येश्य तथा वर्तमानमा झेलेका समस्याको बारेमा कम्तिमा केहि शब्द उल्लेख हुनु पर्ने छ ।
भिडियो सम्भव नभएको खण्डमा मात्र अडियो स्वीकार गरिनेछ, भिडियो सामान्य मोबाइलबाट खिचेको भए पनि हेर्दा प्रष्ट बुझिने हुनु पर्नेछ ।
उत्कृष्ट ३ सहभागीलाई प्रतिव्यक्ति रु ८८४८ ले पुरस्कृत गरिनेछ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *