राष्ट्रिय खेलका लागि गुल्मीबाट खेलाडी छनौंट

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असोज–७ । अव केहि दिन पछि पुर्वाञ्चलको विराटनगरमा हुन गई रहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति गुल्मीले विभिन्न विद्याका खेलाडीहरु धमाधम छनौं गरिरहेको छ । समितिका उपाध्यक्ष रमेश श्रीस्ले दिएको जानकारी अनुसार महिला कवड्डी खेलका ािल १० जना महिलाहरु छनौट भएका छन् । छनौट हुनेहरुमा गंगाकुमारी राकसकोटी, रोशनी कुमाल , कल्पना कार्की,मनिषा घर्ति , सचिना क्षेत्री, सविना खत्री , ज्योति कार्की , प्रविना मल्ल, यमुना श्रीस् , सपना सारु र ईश्वरा कार्की रहेका छन् ।त्यस्तै वैकल्पीक खेलाडीहरुमा स्मृता श्रीस् , लक्ष्मी थापा, रञ्जिता के.सी. र गिता भुसाल छनौंट भएका छन् । एथेलेटिक्स तर्फ गीता बि.क., सीता सेन , सीता राना लगायत छनौट भएको र छनौंट प्रकृया जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
त्यस समितिका कार्यालय प्रमुख र विभिन्न विद्याका प्रशिक्षक दिपक केसी गुल्मी आए देखि क्षेत्रिय देखि राष्ट्रिय प्रतियोगिताहरुमा गुल्मीका खेलाडीहरुले जिल्लाको शिर उचो पार्न सफल हुँदै आएका छन् ।

Comments

comments

Comments are closed.