राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा त्रिभुवन उमाबी कुर्घा प्रथम

  •  
  •  
  •  
  •  
  •  

हुमाकान्त पोखरेल
गुल्मी, फागुन १२ । आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन मावि कुर्घाले जितेको छ । उक्त विद्यालयले धर्मपुर मावि ठुलोलुम्पेकलाई पछि पार्दै उपाधी हात पारेको हो । त्यसैगरि धर्मपुर मावि ठुलोलुम्पेक द्धितिय र पृथ्वी मावि तृतिय भएका छन् ।

विद्यालयले सहभागि जनाएका खेलहरुमध्ये उपाधि हात पारेका विभिन्न खेलहरुको कुल अङकका आधारमा प्रथम, द्धितिय र तृतिय स्थान निर्धारण गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख दिपक केसीले बताउनुभयो ।
tribhuwan mavi kurgha
अन्य प्रतियोगिताहरुतर्फ छात्रा भलिबलमा पाञ्चायन माध्यमिक विध्यालय जैसिथोक प्रथम र धर्मपुर माध्यमिक विध्यालय ठुलोलुम्पेक द्धितिय भएका छन् । त्यस्तै छात्र कपर्दीमा त्रिभुवन माध्यमिक विधयालय प्रथम र रेसुङ्गा माध्यमिक विध्यालय द्धितिय भएका छन् । छात्रा कपर्दीमा त्रिभुवन माध्यमिक विध्यालय प्रथम र धर्मपुर माध्यमिक विध्यालय द्धितिय भएका छन् । त्यसैगरि बुधबार भएका प्रतियोगितामा त्रिपल जम्प छात्रतर्फ त्रिभुवन माध्यमिक विध्यालय प्रथम, पृथ्वी माध्यमिक विध्यालय द्धितिय, र त्रिभुवन माध्यमिक विध्यालय तृतिय भएका छन् । त्यस्तै छात्रातर्फ त्रिभुवन माध्यमिक विध्यालय प्रथम र द्धितिय तथा देविस्थान माध्यमिक विध्यालय तृतिय भएका छन् । त्यस्तै लङ्गजम्प छात्रतर्फ शारदा मावि प्रथम, त्रिभुवन मावि द्धितिय र हिमालय मावि तृतिय भएका छन् भने छात्रातर्फ धर्मपुर मावि प्रथम, युनिक चिल्ड्रेन बोर्डिङ् द्धितिय र पृथ्वी मावि तृतिय भएका विपना सुनारले बताउनुभयो ।

३ हजार मिटर दौडमा छात्रतर्फ त्रिभूवन मावि प्रथम र द्धितिय तथा धर्मपुर मावि तृतिय भएका छन् । त्यस्तै छात्रातर्फ बाँझकटेरी मावि प्रथम, त्रिभुवन मावि द्धितिय र निन्यूखर्क मावि तृतिय भएका छन् । त्यसैगरि २ सय मिटर दौड छात्रतर्फ त्रिभुवन मावि प्रथम, सिद्धबाबा मावि द्धितिय र क्लोरिक्स इङ्गिलस बोर्डिङ स्कूल तृतिय भएका छन् । २ सय मिटर दौड छात्रातर्फ त्रिभुवन मावि प्रथम र द्धितिय तथा पाञ्चायन मावि तृतिय भएका छन् । त्यस्तै ४ सय मिटर दौड छात्रतर्फ रेन्बो इङ्गिलस बोर्डिङ स्कूल प्रथम, दुर्गा भवन मावि द्धितिय र त्रिभुवन मावि तृतिय भएका छन् ।

४ सय मिटर दौड छात्रातर्फ पृथ्वी मावि प्रथम, त्रिभुवन मावि द्धितिय र तृतिय भएका छन् । त्यसैगरि सटफूट छात्रतर्फ जमलपोखरा मावि प्रथम, धर्मपुर मावि द्धितिय र देविस्थान मावि तृतिय भएका छन् । सटफूट छात्रातर्फ पाञ्चायन मावि प्रथम, त्रिभुवन मावि द्धितिय र बाँझकटेरी मावि तृतिय भएको विपना सुनारले जानकारी दिनुभयो ।

त्यसैगरी ज्याभ्लिङ्ग थ्रो छात्रतर्फ त्रिभुवन मावि प्रथम, पृथ्वी मावि द्धितिय र रेन्बो इङ्लिस बोर्डिङ स्कुल तृतिय भएका छन् भने नयाँगाउ मावि प्रथम, त्रिभुवन मावि द्धितिय र बाँझकटेरी मावि तृतिय भएका छन् । त्यस्तै सय मिटर दौड छात्रतर्फ पोलसिस मावि प्रथम, पृथ्वी मावि द्धितिय र उपल्लो तम्घास मावि तृतिय भएका छन् भने छात्रातर्फ त्रिभुवन मावि प्रथम र द्धितिय तथा पृथ्वी मावि तृतिय भएका छन् ।
यस अघि क्षेत्र नं १ को कुर्घामा फागुन ३, ४ र ५ गते, क्षेत्र नं २ मा फागुन ७, ८ र ९ गते तथा क्षेत्र नं ३ मा माघ २८, २९ र फागुन १ गते क्षेत्रिय छनोट सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिपक केशीले बताए । प्रतियोगीतामा भलिवल, एथ्लेटिक्स, कर्बर्दी, हाइजम्प, लङजम्प, सटुफुट र ज्यावलिङ्ग थ्रो लगायतका खेलहरुमा प्रतिस्प्रर्धा हुने खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महेन्द्र माविको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सह आयोजनामा सम्पन्न हो ।
बिहिबारको कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा महेन्द्र माविका शिक्षक विष्णु खरेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमलाई मंगलबार एमाले सचिव गोकर्ण विष्टले उद्घाटन गर्नुभएको थियो ।

Comments

comments

Comments are closed.