राजनैतिक प्रतिशोधको शिकार सैनिक जवानलाई समेत बनाईयो

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असार –१ । गुल्मी दरवार गाउँपालिकामा हिजो भएको कांग्रेस एमाले विचको प्रतिशोध पुर्ण भनिएको कुटपिट घटनाको शिकार सैनिक जवान समेत भएको खुलेको छ ।

त् यस गाउँपालिका–४ को विरवासमा हिजो दुई जना एमाले कार्यकर्ता कांग्रेस कार्यकर्ताबाट निर्घात कुटिएको भनिए पनि एक जना कुनै राजनैतिक दलको कार्यकर्ता नभई विदामा घर आएका नेपाली सेनाका जवान भएको आज जिल्ला प्रहरी कार्यालयमा भएको छलफलका क्रममा खुलेको हो ।
प्रत्यक्षदर्शीका अनुसार हिजो साँझ करिव साढे ८ वजेको समयमा विदेश जाने तयारीका क्रममा स्थानिय एक युवाले साथी भाई विच विरवासको एक होटलमा भोजको आयोजना गरेका थिए । नाचगान, हुटिङ्ग चलि रहेकै वेला वाहिरबाट वोलाउन आएका केहि युवाहरुको समुहले भोजमा सहभागी त्यसै विरवास घर भई नेपाली सेना सल्यान व्यारेकमा कार्यरत २४ वर्षिय सुर्यबहादुर पल्ली र सोही उमेरका स्थानिय ओमबहादुर रजालीलाई टाउँकोमा रड प्रहार गरी मरणसन्न हुने गरी ढलाएका थिए ।
यस घटनालाई त्यहाँको कांग्रेस एमाले दुवैले एकले अर्कोलाई दोषि देखाउँदै राजनैतिक प्रतिशोध भने पनि निर्घात कुटाई खाने मध्येका पल्ली राजनीति संग चासो राख्नै नमिल्ने संस्था नेपाली सेनाका जवान भएको स्थानियवासीले बताएका छन् । उनिहरुलाई कुटपित गर्ने चार जना युवाहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ ।

कुटपीटको आरोपमा सोहि स्थानका ३६ बर्षिय बिशाल सोमरे, २२ बर्षिय प्रेम सोमरे, ३४ बर्षिय पदम पल्ली र २७ बर्षिय ज्ञानु रेश्मीलाई प्रहरीले गिरफतार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अहिले छmफल चलिरहेकोले कुनै प्रतिकृया नदिने त्यस कार्यालयका प्रवत्ता महेन्द्र नेपालले बताए ।
‘पदम पल्लीले होटल बाहिर बोलाएपछि म बाहिर आएँ, जिल्ला अस्पताल तम्घासको शैयामा उपचार भई रहेका सैनिक जवान पल्लीले भने वाहिर निस्कीन साथ एक्कासी रड प्रहार गरे पछि म वेहोस भएर ढले त्यस पछि केहि थाह पाईन ।
अर्का घाईते रजाली पनि अक्कासी टाउँको रड प्रहार गरे पछि केहि होस नपाएको बताउँछन् ।
कुटपीट गर्ने युवाहरु कांग्रेस र कुटिने युवाहरु मध्येका एक जना रजाली एमाले समर्थक कार्यकर्ता भएको प्रहरीले जनाएको छ । यो घटनालाई जिल्ला तथा स्थानीय एमाले नेताहरुले नियोजित आक्रमण भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट गुल्मी दरवार गाउँपालिका ४ विरवासका वडाध्याक्ष खुम बहादुर पल्लीले दिउँसो कांग्रेसकको टिसर्ट लगाउँदै र चुनावी गीत घन्काउँदै मोटरबाटमो डोजर चलाउँदै गरिएको बेला आफ्ना कार्यकर्ताहरुले सम्झाएको रिस साँधेर सँझ नियोजित रुपमा कांग्रेसजनले आक्रमण गरेको र गाउँ त्रसित पारेको आरोप लगाए ।
उता नेपाली कांग्रेसका नेताहरुले पनि एमालेहरुले आफुहरुलाई गाउँमा त्रसित पारेको आरोप लगाउँछन् । नेपाली कांग्रेस त्यहाँका वडा सभापति केशवराज कँडेलले पहिला उनिहरुले घच्चाएको र घुचडा घुचड गर्ने क्रममा उनिहरु नै बढि आक्रोषित भई घर घरमा ढोका हान्ने काम भएको र आफुलाई समेत कुटपिट गरेको बताए ।
निर्वाचनको प्रचार प्रचारका क्रममा केहि दिन यता त्यस गुल्मी दरवार गाउँपालिकाका विभिन्न स्थानमा कांग्रेस र एमालेका कार्यकर्ताहरु विच झडप हुँदै आईरहको छ ।
तिन दिन अघि कांग्रेसले त्यसको छिमेकी गाउँ उपल्लो भंगेरीमा पाईप बाँड्यो रे भन्ने आरोप लगाउँदै निगरानी गर्न पुगेका एमालेका केहि कार्यताहरुलाई त्यसै गाउँपालिकाका कांग्रेस कार्यकर्ताहरुको ठुलो समुह जुटेर झण्डै चार घण्टा सम्म घेराउँ गर्दै लछार पछार समेत गरेका थिए । उक्ता गाउँपालिकामा कांग्रेस , एमाले विच कडा चुनावी टक्कर छ । उक्त गाउँपालिका सदरमुकामको रेसुङ्गा नगरपालिका संग जोडिएको गाउँपालिका हो ।

Comments

comments

Comments are closed.