राजनीतिक दलद्धारा जिल्लाका विभिन्न सडकहरुको अनुगमन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

हुमाकान्त पोखरेल
गुल्मी, माघ १८ गते । जिल्लाका विभिन्न स्थानमा अर्थ मन्त्रालयबाट बजेट परेका सडकहरुको अनुगमन गरिएको छ । जिल्लामा क्रिायशिल राजनैतिक दल र सरोकारवालाहरुको सहभागीतामा तीन वटै निर्वाचन क्षेत्रमा परेका सडकहरुको अनुगमन गरिएको जिल्ला विकास समिति गुल्मीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा महत्वपुर्ण सडक योजनाहरु पुष २५ गते नेपाल सरकार अर्थ मन्त्रालयबाट स्विकृत भई रकम विनियोजन भएको थियो । जिल्ला ३ बटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रसको नेतृत्वमा एमाले, माओवादी र राप्रापा नेपाल अनुगमनमा सहभागी थियो । क्षेत्र नं १ को टोलीले दिबु्रङ सराङ्ग भन्ज्याङ्ग सडक, मजुवा पिपलपाटा किसिकोट भन्ज्याङ्ग सडक, ओलीवाङ दिबु्रङ दह सिन्दुरघसे सडकको अनुगमन गर्ने अनुगमनको नेतृत्व गरिरहेका नेपाली काङग्रेसका नेता पारिश्वर ढकालले बताउनुभयो । त्यस्तै अर्जेवा न्यूरेनी सालिमेदह सडक, इन्द्रगौडा आपँचौर अर्जेवा शान्तिपुर सडक, भार्से दिबु्रङ रुपाकोट सडकको पनि अनुगमन गरिएको काङग्रेस क्षेत्रि सभापति समेत रहनुभएका ढकालले बताउनुभयो ।
त्यस्तै क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक वीर बहादुर कार्कीको नेतृत्वमा अखण्ड नेपाल पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरुको टोलीले सडकहरुको अनुगमन गरिरहेको छ । हिले अर्खबाङ, नयाँगाउ– रँघा–पिठादी अरौदी सडकको टोलीले अनुगमन गरेको छ । त्यस्तै नक्कलीपोखरा मैदान देउराली मसुरीखर्क सडक, रातामाटा कल्लावट कहलेपोखरी मोहरमारे सडक र खयरा फेदीफाटँ नयाँपोखरा सिमपानी ढाडा निस्ति कुर्घा सडकहरु अनुगमन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विर बहादुर कार्कीले बताउनुभयो । माओवादी केन्द्रका जिल्ला संयोजक कार्की सहित अखण्ड नेपालका दुर्गा बहादुर खड्का र राष्ट्रिय जनमोर्चाका तारा कुवँर लगायतको अनुगमन टोलीले अनुगमन गरेको हो ।
त्यसैगरि क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला सचिवाय सदस्य डिल्लीराज भुसालको नेतृत्वमा विभिन्न सडकहरुको अनुगमन हुनेछ । टोलीमा नेपाल परिवार दल, क्रान्तिकारी माओवादी र नयाँ शक्ति नेपालका नेताहरुको सहभागीता रहेको छ । अनुगमन माघ १६, १७ र १८ गते भएको थियो । जिल्लास्तरिय राजनीतिक दलहरुमध्ये ठूला भनिने नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले एक एक वटा निर्वाचन क्षेत्रमा अनुगमनको नेतृत्व गर्ने र त्यसमा साना दललाई पनि सहभागि गराउने सहमति भएअनुसार जिल्लाका सडकहरुको अनुगमन गरिएको हो ।

Comments

comments

Comments are closed.