युवा संघ नेपाल गुल्मीद्धारा बिरोध सभा र जुलुस : जिल्लाको जनजीवन अझै सामान्य बन्न सकेन

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
पुस ५ गते, गुल्मी । १९ दिने जिल्ला बन्दले निसास्सिएका गुल्मेली जनताहरुको जनजीवन अझै सामान्य बन्न सकेन । सरकारले मंसिर १४ गते संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्तावको बिरुद्ध मंसिर १५ गतेबाट जारी गुल्मी बन्द दुई दिनका लागि फिर्ता भएपछि हिजो केहिबेर सहज भएको थियो ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

रुपन्देहीमा युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको बिरोधमा लुम्बिनी बन्द गरिसंगै आज परिस्थती असहज भएको छ । युवा संघ गुल्मीका नेता तथा कार्यक्रता बिहानै, स्कुल क्याम्पस, बजार तथा यातयात बन्द गराउँदै हिडेका छन् । साथै तम्घासको लाँकुरी मञ्चमा बिरोध सभा समेत सम्पन्न गरे । कार्यक्रमलाई संबोधन गर्दै युवा संघ नेपालका जिल्ला अध्यक्ष मोहन पाण्डेयले आफुहरुको प्रदेशको आन्दोलन तुहाउन षडयन्त्र पुर्वक तिवारीको हत्या गरिएको बताए ।

यो हत्या तिवारीको लागि मात्र नभएर समग्र्र ५ नं प्रदेशको बिरुद्धमा भएकाले राष्ट्रियताको पक्षमा रहेका युवा र नेपालीको लागि चुनौतिको बिषय भएको बताए । साथै सत्य तथ्य छानविन गरी हत्या गर्नेलाई सार्वजनिक गर्न सरकारसंग माग गरे । त्यस्तै बिद्यार्थी नेता श्रीराम महतले तिवारीको हत्या गरेर युवाहरुको मनोभावन गिराउने काम भएकाले प्रदेशको आन्दोलन कुनै पनि हालतमा पछि नहट्ने बताए ।

युवा संघका नेता तथा कार्यक्रताहरुले राष्ट्रघाती सरकार राजिनामा देउ, दुर्गा तिवारी अम्मर रहुन, बिखण्डनकारी होसियार, सुरक्षा दिन नसक्ने गृहमन्त्री राजिनाम दे लगायतका नाराबाजी गरेका थिए । संसोधन प्रस्तावकै बिरुद्धमा १९ दिन लामो बन्दले सर्वसाधरणहरुलाई धेरै मर्का परेको भन्दै पुस ३ गते बसेको आन्दोलन परिचालन कमिटीको बैठकले दुई दिनलाई बन्द केहि खुकुलो बनाउने निर्णय गरेको थियो । तर एक्कासी गरिएको बन्दले सर्वसाधरण, बिद्यार्थी, उद्योगी, व्यापारी तथा यातयात व्यावसायीलाई सास्ती भएको छ ।

संयुक्त संघर्ष समिति गुल्मीले पुर्व घोषित कार्यक्रम अनुसार आज पनि बिहान एक घण्टा १० बजे देखि ११ बजे सम्म् जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए । एक घण्टा सरकारी कामकाज ठप्प हुनुका साथै प्रमुख जिल्ला अधिकारी सहित अधिकांश कार्यालयका प्रमुख तथा कर्मचारीहरु कार्यालय समयमा प्रबेश गर्न पाएका थिएनन ।

Comments

comments

Comments are closed.