यि हुन् मुसीकोटबाट नगर र वडामा टिकट पाउने उम्मेदवारहरु

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा गुल्मीको सबैभन्दा ठुलो नगरपालीका मुसीकोट नगरपालीकामा चुनावी रौनक सुरु भएको छ ।

नेकपा एमाले पार्टीले करिब एक महिना अघि नै उम्मेद्वारहरुको घोषणा गरी प्रचार प्रसार र घरदैलौ अभियान जारी राखेको छ भने नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रको बिषयमा अझै पनि उम्मेद्वार अन्तिम छनौट भएको घोषणा भएको छैन ।
नेकपा एमालेबाट पार्टीका जिल्ला सचिब सोमनाथ सापकोटा चुनावी दौडमा हुनुहुन्छ भने नेपाली काँग्रेसबाट अझै पनि अन्तिम नामावली आएको छैन । वामीका समाजसेवी कृष्णहरी सापकोटा र जिल्ला सचिब बिष्णु सापकोटाको नाम उम्मेदवारको रुपमा चर्चामा आएपनी अधिकारिक रुपमा निर्णय गरिएको छैन । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र बिच तालमेलको कुरो पनि बाहिर नआएको होइन ।
तर अन्तिम निर्णय भने बाहिर आएको छैन ।

नेपाली काँग्रेसले केही उम्मेद्वारहरुको नाम बाहिर ल्याइ प्रचार प्रसारको काम पनि सुरु गरेको छ । वडा नम्बर १ को लागि नाम बाहिर आइनसकेको बताइएको छ । त्यसैगरी वडा नम्बर २ मा राम बहादुर केसी, वडा नम्बर ३ मा झबिलाल भण्डारी, ४ मा यम बहादुर खत्री, ५ मा मिना जिसी, ६ मा ज्ञानु सापकोटा, ७ मा सुदर्शन शाक्य, ८ मा तारक बहादुर रायमाझी र ९ मा गीरीराज खरेलको नाम बहिर आएसँगै प्रचार प्रसारको काम पनि सुरु भएको छ ।

त्यसैगरी नेकपा एमालेबाट मेयरमा सोमनाथ सापकोटा तथा उपमेयरमा कमला शर्माको नाम सार्वजनिक गरी ६ वडाहरुमा प्रचार प्रसार सम्पन्न भइसकेको बताइएको छ ।
निर्वाचन परिचालन कमिटिका कोषाध्यक्ष प्रकाश काफ्लेका अनुसार वडा नम्बर १ मा हिरा गीरी, २ मा लक्ष्मण खत्रीको नाम फाइनल भइसकेको छ भने वडा नम्बर ३ मा चुरा बहादुर कार्कीको नाम बाहिर आएपनि अन्तिम निर्णय नभएको बताईएको छ । त्यसैगरी वडा नम्बर ४ मा ओम बहादुर केसी, ५ मा भागीरथ खरेल, ६ मा खड्क बहादुर खड्का, ७ मा प्रकाश काफ्ले, ८ मा नारायण सापकोटा तथा वडा नम्बर ९ मा नरेशराज खरेल प्रतिस्पर्धामा उत्रनुभएको छ ।
नेकपा एमाले पार्टीले पनि तिब्र रुपमा प्रचार प्रसारको काम गरीरहेको समेत उहाँले जानकारी दिनुभयो । नेकपा माओबादी केन्द्रबाट भने कुनै पनि जानकारी बाहिर आएको छैन । त्यस्तै स्थानीय बासिन्दाहरु पनि चुनावी कुराकानीमा ब्यबस्त देखिन्छन भने उनीहरुलाइ कुन पार्टीमा भोट दिने भन्ने कुरामा तल्लीन देखिएका छन ।
स्थानीयहरुमा कस्तो खालको ब्यक्तिलाइ जिताउने भन्ने बिषयमा छलफल चलिरहेको देखिएको छ ।

Comments

comments

Comments are closed.