यि हुन् गुल्मीका ९ संवेदनशील मतदान केन्द्र

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, २१ जेठ । दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा गुल्मीमा नौ वटा मतदात केन्द्र सम्बेदनशील रहेको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ ।

गाउँपालिकाको केन्द्रबाट टाढा र सडक सञ्जालले नछोएका स्थानमा मतदान केन्द्र हुँदा सुरक्षासँगै मतपत्र ल्याउन र लैजान समस्या पर्ने देखिएको हो ।

जिल्लमा रहेका कुल मतदान केन्द्र २ सय ४० मध्ये ९ वटा मतदान केन्द्रमा सवारी साधन नपुग्ने र पैदल जाँदा २ घण्टादेखि ४ घण्टासम्म लाग्ने जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।

सवारी साधन नपुग्ने मतदान केन्द्रहरूमा इस्मा गाउँपालिकाको वडा नं. ४ स्थित चन्द्र आधारभुत बिद्यालय रहेको छ । यो केन्द्रमा जान ३ घण्टा पैदल यात्रा लाग्छ ।

कालिगण्डकी गाउँपालिकाको वडा नं. २ को दवौखानी माबि बिसौनामा गाउँपालिकाको केन्द्रबाट ४ घण्टा पैदल हिँडनु पर्छ । जयखानी माबि र देबीस्थान माबि पनि टाढा छन् ।

चन्द्रकोट गाउँपालिकाको वडा नं. ८ को जनता निकेतन माबि, मालिका गाउँपालिकाको वडा नं. २ को च्यानडाडा आधारभुत बिद्यालय रहेका छन् ।

सत्यवती गाउँपालिकाको वडा नं. २ को गगनपुर आधारभुत बिद्यालय रहेको छ । सोहि गाउँपालिकाकै वडा नं.५ को बिष्णुमति आधारभुत बिद्यायल रहेको छ । गाउँपालिकाकै वडा नं. ८ स्थित इश्वर प्रबि रहेको छ ।

Comments

comments

Comments are closed.