यस्तो छ देशभरका भण्डारी बन्धुहरुको चिनारी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर–१७ । यहि मंसिर २१ गते देखि २२ गते दुई दिन सम्म धनाञ्जय गोत्रीय भण्डारीहरुको भव्य रुपमा कुल पुजा गरिदै छ । अन्य समुदायको भन्दा ठुलो संख्यामा निकै ठुलो तामझामका साथ मनाईने भण्डारीहरुले कुल पुजा गर्ने गरिन्छ र निकै महिमाका साथ लिने गरिन्छ ।
यस सन्धर्भमा धनञ्जय गोत्रिय भण्डारी समाज नेपालका वरिष्ठ उपाध्यक्ष तथा गुल्मी वस्तु कुल पुजा समितिका सचिव कृष्णप्रसाद भण्डारी संग सम्पर्क राखेर हामीले उनिहरुको जातिय चिनारीको चर्चा गर्न गईरहेका छौं ।
भण्डारीका अनुसार परापुर्वकालमा सिन्धुघाँटीबाट भारत हुँदै धनञ्जय गोत्रिय भण्डारीहरु पश्चिम नेपालमा प्रवेश गरेका थिए । लामो समय सम्म खसहरुले राज्य गरेको सिंजा राज्यको भण्डारे काम अर्थात कोषाध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारी निभएका उनिहरुलाई भण्डारे भण्डारे भन्दा भन्दै पछि भण्डारी थर राख्न थलिएको बताईन्छ ।
विस्तारै वाईसे चौविसे राज्यकालको विकासका क्रममा उनिहरु पुर्वि नेपालका विभिन्न राज्यहरुमा समेत भण्डारीका रुपमा पुगेका र देशैभर छरिएर बसेका थिए । उनिहरुको उद्गम थलो जुम्ला र त्यस आसपासका गाउँबाट उनिहरु दोश्रो पुस्ताको उद्घम थलोका रुपमा प्युठानको लुप्लुङ्ग गाउँमा वसेको र त्यहाँबाट गुल्मी धुर्कोटे मल्लराजको भण्डारे बन्नका लागि जितुर जैरथ नाम गरेका भण्डारीहरु आएको बताईन्छ ।
जितु धुर्कोटमै बसेको र त्यहाँकी युवराज्ञी सरुमै रानीको कास्कीका युवराज जलाल शाह संग विवाह भए पछि टाढा पुगेकी सरुमै रानीको माईतीको अस्याट मेटाई दिनका लागि अभिभावकका रुपमा जैरथलाई धुर्कोटे मल्ल राजाहरुले काँस्कीको ढिकुरापोखरी पठाएका थिए ।
जितु वसेको स्थानलाई वस्तु नामकरण गरिएको पनि ईतिहाँसमा उल्लेख गरिएको छ । काँस्की जस्तो धेरै टाढा पुगेकी चेली सरुमै रानीले विसौं वर्ष सम्म माईती संग भेटघाट गर्न नपाएर विरत्त भएको वेला उनको माईती प्रतिको माया ममत र अस्याटपनलाई आत्मासात गरेर उति वेलाका गन्र्धहरुले सरुमै रानी… भन्ने वोलको गीत गाएका थिए ।
उक्त सरुमै रानी वोलको गीत भाका अहिले पनि त्यतिकै मन पराईन्छ । पछि कास्कीको ढिकुरापोखरी हुँदै गोरखा , धादिङ्ग, काठमाण्डौं, पुर्व झापा, ईलाम , पाँचधर , लगायतका विभिन्न स्थानमा भण्डारीहरु छरिदै गरेका थिए ।
अहिले देशभर छरिएर वसेका भण्डारीहरु मुख्य रुपमा प्युठानको लुप्लुङ्ग ,गुल्मीको धुर्कोट, काँस्कीको ढिकुरा पोखरी भण्डारीहरुको प्रमुख केन्द्र मानिन्छ । नेपाल एकिकरणमा मुख्य जिम्मेवारी सम्हालेका उनिहरुको आफ्नै विशिष्ट संस्कृति , सभ्यता, परम्परा र पहिचान रहेको छ । सनातन धर्ममा विश्वास राख्ने भण्डारीहरु आफ्नो कुल र्धम, कुला देव र कुल पुजालाई निकै ठुलो महिमाका साथ लिने गर्दछन् ।
उनिहरुले कुल देवताका रुपमा छत्रपाल, व्रहा, विन्दवासीनी , ईस्ट र भुमिदेवलाई पुज्ने गर्दछन् । प्रत्येक चार महिनाको अष्टमी तिथीमा उनिहरुले धार पुजा गर्दछन् भने प्रत्येक तिन वर्षमा दिवली अर्थात कुल पुजा गर्ने गर्दछन् । हाल देशभरका ४५ जिल्लामा कुज पुजा समिति गठन गर्दैै कुल पुजा मन्दिरहरु समेत स्थापना गरिएको छ ।
त्यसका अलवा नेपाल र नेपाल बाहिर रहेको धनञ्जय गोत्रिय भण्डारीहरुलाई गोलवन्द गर्न केन्द्रिय समिति समेत गठन गरिएको छ । समितिले वंशवली, स्मारिका , पुजाविधी जस्ता कुराहरु प्रकाशन समेत गरेको छ । गुल्मी जिल्लामा ति गोत्रिय भण्डारीहरुको १ हजार ३ सय घरधुरी रहेका छन् । ति मध्ये सवै भन्दा ठुलो संख्या ३ सय भन्दा बढि घरधुरी भण्डारीहरुले वस्तुमा कुल पुजा गर्ने गर्दछन् ।
त्यस्तै अर्घाखाँचीमा ५ सय घरधुरी , प्युठानमा ८ सय घरधुरी , दाङमा १५ सय घरधुरी, सुर्खेतमा ५ सय घरधुरी , रुकुम , रोल्पा र सल्यानमा गर ि१ हजार घरधुरी, वर्दियामा ५ सय घरधुरी, कपिलवस्तु र रुपन्देहीमा ५ सय घरधुरी , नवलपरासीमा ४ सय घरधुरी , चितवनमा ३ सय घरधुरी , धादिङ्गमा ४ सय ५० घरधुरी, काठमाण्डौंमा ३ सय घरधुरी , काँस्कीमा १२ सय घरधुरी, तनहुँमा ३ सय ५० घरधुरी , झापा , मोरङ्ग, सुनसरी र पाँचथरमा र सय घरधुरी धनञ्य गोत्रिय भण्डारीहरु रहेको केन्द्रिय समितिले संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
काँस्कीको ढिकुरा पोखरीमा तत्कालिन कास्कीका राजाले राजबन्दगी दिएको जग्गामा अहिले पनि भण्डारीहरुको वसाई रहेको छ । उक्त जग्गा २०४० सालमा उनै भण्डारीको नाममा नापी गर्न राज परिवार र अन्य सदस्यबाट अवरोध भएकोले २०४६ को वहुदलिय साशन पश्चात सवोच्च अदालतले भण्डारीकै नाममा दर्ता गराउने फैसाला गरे अनुरुप
जा समितिका अध्यक्ष हुमालाल भण्डारीले जानकारी दिएका छन् ।
जुम्लाको रिजा भन्ने स्थानबाट उनिहरुको खास थर रिजाल हुन गएको र उनिहरुको प्रशासनिक जिम्मेवारी मात्र भण्डारे भएकोले पछि भण्डारी भनिएको तर खास थर भने रिजाल नै भएको बताईन्छ । धुर्कोटे मल्ल राजाहरुको ईतिहाँस हेर्दा विक्रम सम्वत १५३२ सालमा प्युठानबाट जितु र जैरथ दाजु भाई धुर्कोट आएका थिए ।
त्यति वेला मनिक मल्ल त्यहाँका राजा थिए । पछि नेपाल एकिकरणको अभियान लिएर बाहदुर शाहको नेतृत्वमा आए पछि मल्ल राजाहरुले आत्मा समर्पण गर्दै नयाँ सेनाको टोली धुर्कोट कव्जा गर्न आए पछि ठाउँमा जाने सम्झौंता गरिको थियो । सम्झौता अनुसार धुर्कोट पारीको जंगल फाँडेर उतै वस्ने भनिए पछि उनिहरु नयाँ ठाउँमा सरेका थिए र त्यस ठाउँको नाम नै नयाँगाउँ राखिएको थियो ।
तल वस्तुमा भण्डारीहरुलाई विर्ताका रुपमा जमिन दिईयो र उनिहरु वस्ने स्थानको नाम नै वस्तु राखिएको हो ।
त्यस्तै तत्कालिन राजाले भण्डारीहरुको कुल पुजा गर्ने स्थान संकल्प गरेर दिए पछि वस्तुको उक्त कुल पुजा गर्ने स्थानको नाम नै संकल्पपानी रहेको छ । धुर्कोटमा रहेका तत्कालिन पहरेदारलाई नेपाली सेनामा भर्ति गर्ने र मल्ल राजाहरुलाई पछि सम्म पेन्शनको व्यवस्था गरिएको थियो । वस्तुमा ३ सय घरधुरी र धुर्कोट रजस्थलको चौर र रातामाटा भन्ने स्थानमा करिव ८८ घरधुरी भण्डारीहरु भएको बताईन्छ ।
उनिहरुले ३ वर्षमा गर्ने कुल पुजाले छरिएर रहेका भण्डारी वन्धुको वन्धुत्वलाई वलियो पार्नुका साथै एक आपसमा सहयोग र सद्भाव समेत बढाउने गरेको छ । उनिहरुले आफ्नो संस्कृतिको संरक्षण र सम्वद्र्धन समेत गर्दै आएका छन् ।
जिल्लामा अन्य समुदायले समेत वस्तुका भण्डारीहरुको कुल पुजालाई सिङ्गो गाउँको पर्वका रुपमा निकै महिमाका साथ लिने गर्दछन् । जुम्लाको खस संस्कृतिबाट आएका उनिहरु विच नामका पछाडी प्रसाद र कसैले बहादुर समेत लेखाउने गर्दछन् । उनिहरु आफुलाई जैसी व्राह्मण भएको स्वीकार गर्दछन् ।
मंसिर २१ र २२ गते सुरु गर्न लागिएको कुल पुजा वस्तुमा अन्तिम तयारी पुरा भएको कुल पुजा समितिले बताएको छ । अघिल्लो सत्तामीको दिन ध्वजाबन्ना गर्ने, मुलघरबाट डोली किकाल्दै र झण्डै डेढ सय भन्दा बढि थामीहरु काँम्दै देवस्थान तर्फ लाग्ने पुजा आराधान गर्ने गरिन्छ दोश्रो दिन पनि पुजा हुन्छ । देवस्थान भित्र रहेका कुलानहरुको परिक्रमा गरिन्छ । अन्तिममा ५ सय देखि ७ सय सम्म मेडाहरु वलि दिन थालिन्छ । बढाई गर्न ल्याईएको वाजाहरु बजाएर भव्य नाचगान गरिन्छ । दर दाजु भाई सहित झण्डै तिन चार हजार जना निम्तालुहरु वस्तुमा त्यस दिन भित्रिने समितिका सचिव कृष्णप्रसाद भण्डारी बताउँ छन् ।
सवै भण्डारीहरु एउटै गोत्रिय हुँदैन् । गुल्मीको हुँगामा रहेका सांसद चन्द्र भण्डारी गोत्रियका भण्डारीहरु भने उनिहरुका दाजु भाई पर्दैनन् । उनका गोत्रिय भण्डारीहरु हुँगामा पनि रहेका छन् । त्यस्तै जैसीथोक, ईस्मारजस्थल, अर्खले , पल्लीकोट , वलिथुम, पराल्मी र आँपचौरमा पनि धनञ्जय गोत्रिय भण्डारीहरु रहेका छन् ।

Comments

comments

Comments are closed.