यसरी बन्दैछ गुल्मी हुँदै भारत-चीन जोड्ने सबैभन्दा छोटो सडक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालकै भाग्यरेखा परिवर्तन गर्ने ठानिएको चीनलाई युरोपसम्म जोड्ने रेसम मार्गमा पर्ने कोरोला कालिगण्डकी सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको कोरोला भन्ज्याङदेखि र सुनौली – रिडी हुँदै चीतवन तनहुको संगम देवघाट जोड्ने गरी निर्माण सुरु गरिएको उक्त सडक नेपाली सेनाको विकाश निर्माण निर्देशनालयले गरिरहेको छ।
यस अघि नै कालोपत्रे भइसकेको सुनौली – बुटवल हुँदै गुल्मीको रिडी सम्मको ९३ किलोमिटर सडक रहेको यस सडकको कूल लम्बाई ३ सय ६९ किलोमिटर छ। कालिगण्डकी कोरिडोर सरोकार समितिका अध्यक्ष टिकाराम ढकालका भन्छन्, “अब वाग्लुंगमा २० किलोमीटर सडकको ट्रयाक खोलेपछी भारतीय सिमाना सुनौली देखी चीनको सिमा कोरोला सम्म यातायात सहज हुनेछ ।” विभिन्न खण्डमा विभाजन गरेर नेपालि सेनाको विकाश निर्माण निर्देशनालयले निर्माण कार्य सुरु गरेको उक्त सडकको चौडाई ८ मिटर छ।
मुस्तांग सदरमुकाम जोमसोम देखि कोरोलासम्म यसअघि नै यातायात सुचारु भइसकेको छ। उक्त सडकलाई जोमसोम-कोरोला ९५ किलोमिटर, कोरोला-बाग्लुंग ९५ किलोमिटर बाग्लुंग-रीडी ७५ किलोमिटरमा विभाजन गरि नेपाली सेनाले निर्माण कार्य सुरु गरेको थियो। २ सय ६५ किलोमिटर सडक निर्माणका लागि हालसम्म २ अर्ब १८ करोड रुपियाँ खर्च भइसकेको छ। ढकालका अनुसार उक्त सडक नेपालक दुई छिमेकी देश भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक हो। नेपालको मध्य क्षेत्र भएर उत्तर दक्षिण तयार भएको उक्त सडकले काठमाडौँलाइ समेत मध्य तराई, भारत र चीन संग जोड्ने ढकालले बताए ।
उक्त सडकमा यसअघि नेपाली सेनाले गुल्मी र बाग्लुंगको सीमामा रहेको पालुंग खोलामा मोटरेबल पूल समेत निर्माण सम्पन्न गरिसकेको छ। उक्त मोटरेबल वेलिव्रिज नेपालि सेनाले १९ घन्टामै तयार पारेको थियो।

Comments

comments

Comments are closed.