मोर्चाले एमाले सभा विथोल्न खोज्दा सप्तरीमा प्रहरीले गोली चलायो, एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

राजविराज, फागुन २३ । एमालेको मेची-महाकाली अभियान अन्तर्गत सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो।

मेहताको टाउकोमा गोली लागेको थियो। गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा आयोजिक सभामा बरिष्ठ नेता माधव कुमार नेपाल बोलिरहेकै समयमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।
saptari news
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो। मोर्चाका कार्यकर्ताले प्रहरी र एमाले कार्यक्रमस्थलमा लक्षित ढुंगा प्रहार गर्न नछाडेपछि प्रहरीले जवाफ कारबाही गरेको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए।
‘प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ। केही कार्यकर्ता घाइतेसमेत भएका छन्,’ गौतमले भने,‘अहिले पनि स्थिति तनावग्रस्त छ।’ एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।

Comments

comments

Comments are closed.