भिडियोमनोरन्जन

मेलिना राईको ‘कहाँ जाउँला…’ बोलको गीत जनजिब्रोमा (भिडिओ)

प्रेम सुनार
गुल्मी, कार्तिक–१७ । अव छिट्टै प्रदर्शनीको तयारीमा रहेको नेपाली कथानक चलचित्र नशा एक लतमा चर्चित गायिका मेलिना राई र भरत ताम्राकारले गाएको ‘ कहाँ जाउँला..’ बोलको गीत वजारमा अहिले देखि नै जनजिब्रोमा गुञ्जिन सफल भएको छ । खुशराज लम्सालको शव्द सिर्जनालाई संगितकार देव पुनले निकै मन छुने संगितले सजाएका छन् ।
उक्त गीतमा अभिनय गरेका छन् त्यस चलचित्रका नायक विजय तिखातरी र नायिका शान्ति सापाकोटाले । भारतका विभिन्न चलचित्रमा अभिनय र निर्देशन कला सिकेर नेपाल फर्किएका धनगढीका युवा तिखातरी त्यस चलचित्रका निर्माता हुन भने निर्देशन गरेका छन् गिरिस रिजालले । काठमाण्डौ, नेपालगञ्ज, धनगढी र गुल्मीमा छायाङकन गरिएको चलचित्र नशा एक लत चेलिवेटी वेचविखन र लागुपदार्थ विरुद्ध जनचेतनामुलक कथा वस्तु समेटेर निर्माण गरिएको छ ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।