मुसिकोट नगरपालिकामा थापा अध्यक्ष

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन– २६ । नेकपा माओवादी केन्द्र गुल्मीको प्रथम मुसिकोट अधिवेशनले सो पार्टीका युवा नेता खुमबहादुर थापा ( अशोक ) लाई अध्यक्ष पदमा सर्वसम्म निर्वाचित गरेको छ ।

उपाध्यक्षमा वामीका भुवन केसी, सचिवमा आँपचौरका युवाराज खरेल , सह–सचिवमा नेटाका दुर्गा बिक र कोषाध्यक्षमा वामीटक्सारका स्वर्गिय वसन्त कार्कीकी धर्म पत्नी कमला कार्कीलाई सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले ५७ सदस्यी मुसिकोट गाउँ कमिटी गठन गरेको सो पार्टीका २ नम्वर क्षेत्रिय कमिटी संयोजक तथा केन्द्रिय सदस्य बुद्धि जिसीले जानकारी दिए । अधिवेशनको उद्घाटन पोलिट्व्यरो सदस्य वसन्त घर्तिले गरेका थिए भने नवनिर्वाचित कमिटीलाई जिल्ला सह ईञ्चार्ज सुदर्शन वराल लगायतका नेताहरुले सपथ खुवाएका थिए । अधिवेशन वामीटक्सार बजारमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष थापा केन्द्रिय आयोजक कमिटी सदस्य तथा ९ नम्वर ईलाका ईञ्जार्च समेत हुन् ।

Comments

comments

Comments are closed.