मुसिकोटकी मधुद्वारा वामीटक्सार स्थित माईतीको बाथरुममा झुण्डिएर आत्महत्या

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, २६ बैशाख । गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीकी एक युवतीले बाथरुममा झुण्डिएर आत्माहत्या गरेकी छन । देउरालीकी १९ वर्षिया मधु पन्त घिमिरेले आफ्नो माईती घर वामीटक्सारमा झुण्डीएर आत्मा हत्या गरेको प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले जानकारी दिए ।

३ वर्ष अघि मुसिकोट देउरालीका धनिश्वर घिमिरेसंग उनले प्रेम विवाह गरेकी थिईन । विवाह गरेर माईती मै वसेर पढ्ने गरेको र गत कार्तिक महिना देखि उनि घरमा गएकी थिईनन् । उनका श्रीमान एक महिना अघि काठमाण्डौंबाट घर आएको, फोनमा श्रीमतिसंग कुराकानी हुने गरेको र सम्वन्ध राम्रै पाईएको मुसिकोट दउरालीका मदनदिप घिमिरेले बताए । आत्माहत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Comments

comments

Comments are closed.