मुक्ति समाजको भेला प्रशिक्षण

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन ७ । नेकपा एमालेको दलित संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी गुल्मीले आज एमाले पार्टी कार्यालयमा एक दिवसीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला गरेको छ । भेलामा नेकपा एमाले ५ नम्वर प्रदेश संयोजक निलकण्ठ गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै जिल्ला सचिव सोमनाथ सापकोटा, मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनार , नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली , कृष्ण घिमिरे , राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द सुनार , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतले मन्तव्य राखेका थिए ।
जिल्लाका तिन वटै क्षेत्रका अगुवा कार्यकर्ता सहभागी गराएर एमालले आशन्न स्थानिय निकायको निर्वाचन र दलित अधिकारका सम्वन्धमा प्रशिक्षण दिएको आयोजकले बताएका छन् ।
mukti samaj gulmiमुक्ति समाजका जिल्ला अध्यक्ष दलबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण नेपालीको स्वागत मन्तव्य र सचिव धनेन्द्र बिकको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.