मिति सर्दा महङ्गो हुने भो स्थानिय निर्वाचन

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी जेठ १६ । स्थानिय तहको निर्वाचनको मिति लगातार सर्दा उम्मेदवारलाई खर्च बढेकोमा चिन्तित बनेका छन् । गत वैशाख ३१ गतेका लागि चुनावी तयारीमा जुटेका उम्मेदवारहरु लगातार दुई पटक निर्वाचनको मिति सर्दा खर्च बढ्ने भन्दै चिन्तित बनेका छन् ।

वैशाख ३१ गतेबाट सरेर जेठ ३१ हुँदै असार ९ गतेका लागी नयाँ मिति तय भएपछी उम्मेदवारलाई चुनावी खर्च बढ्ने चिन्ता पर्न थालेको छ । जनतन खर्च जुटाएर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु खर्च बढने र चुनाव नहुने पो हो की भन्ने चिन्तित छन् ।

चुनाव आउन डेढमहिना अघिबाट प्रचारप्रसारमा उत्रिएका उम्मेदवारहरुलाई पटक–पटक मिति सरेपछी तोकिएको खर्चले नपुग्ने र नसोचेको खर्च बढने बताउछन् । निर्वाचनको मिति सरिरहदा उम्मेदवारलाई थप ऋणको भारि बोक्नु पर्ने हो की भन्ने चिन्ता पर्न थालेको छ ।

बैशाख ३१ गतेलाई लक्षित गरेर गाडी, चुनावी प्रचार सामाग्री बनाएकालाई पुन जेठ ३१ बनाउँदा दोब्बर खर्च बढेको उम्मेदवारहरुको भनाई छ । चुनावी प्रचारमा जुटदा प्रचार सामाग्री सगै गाडी, कार्यकर्ताहरु आवज जावत, खानपान गर्दा उम्मेदवारहरु धेरै खर्च हुने गर्दछ ।

रेसुङ्गा नगरपालिकामा वडा अध्यक्ष बनेका उम्मेदवार खुम खत्री भन्छन् निर्वाचनको मिति सर्दा एक पटक पुगेका मतदाताहरु कहाँ पुन पुग्नु पर्ने र प्रचार प्रसारमा धेरै खर्च बढने बताए । यातायात सगै प्रचार प्रसारमा थपिदै जाँदा खर्च बढने भो खत्रीले भने ‘मिति सर्दा महङ्गो हुने भो निर्वाचन’ ।

मिति सार्दा नयाँ दलहरुलाई भने प्रचार प्रसारमा थप फाइदा मिलेको बताउँछन् । नयाँ शक्ति पार्टी गुल्मीका रेसुङ्गा नगरपालिका अध्यक्ष घनश्याम पाण्डेय भन्छन् ‘खर्च त स्वाभाबिकै वढ्छ तर हामीलाई फाइदैछ मतदाताका पुग्ने थप अबसर मिलेको छ’ ।

उम्मेदवारहरुको प्रचारमा हिड्दा कार्यकर्तालाई खाना, खाजा र पेय पदार्थमा बढी खर्च हुने गर्दछ । मिति सरि रहदा उम्मेदवारलाई कार्यकर्ता तथा अन्य दलबाट पाउँने मत जोगाउँन समेत कठिन भएको बताउँछन् । निर्वाचनको प्रचार प्रचारमा उम्मेदवारहरु गाडी रिर्जभ गरि दिनहुँ बिभिन्न भेला बैठकहरुमा पुग्ने गरेका छन् ।

Comments

comments

Comments are closed.