मान्छेको टाउकाले हैन अब बाईकले बोक्छ डोको

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, कार्तिक २९ । ग्रामिण भेग सम्म यातायतको सुविधा पुग्न थालेपछि धान परालको भारी बोक्न छाडे धेरै कृषकहरुले । ट्याक्टर मगायो वेसीबाट केहि छिनमै एकैचोटी घर पुग्छ धान परालको भारी । त्यस्तै विगतमा सकी नसी डोकामा विभिन्न गाउँबाट तरकारी र फलफुहरु बेच्न सदरमुकाम तम्घासमो बोकेर आउँथे कृषकहरु तर आजकल डोकोमा तरकारी र फुल राख्ने आनि मोटरसाईकलमा राखेर ल्याउने गर्न थालिएको छ ।bike-doko

यति वेला सुन्तलाको सिजन छ । गाउँ गाउँबाट सुन्तला खरिद गर्दैै सदरमुकाममा थोक विक्रि गर्नको भ्याईनभ्याई छ व्यापारीहरुलाई त्यसैले मोटरसाईकलको दुई तिर दुईवटा डोको अटाउने फलामको क्यारीयर बनाएर उतिखेरै नयाँगाउँ, पिलधारा लगायतका सुन्तला पकेट गाउँबाट सुन्तला ओसार्ने गरिएको छ ।

यसरी आधुनिक सुविधा र परम्परागत सुविधाको संयोजनमा भएको यो प्रयोगलाई कतिपयले अनौठो र राम्रो पनि मानेका छन् । अव केही वर्ष पछि प्राय सवै ग्रामिण भेग सम्मका कृषकहरुले अव टाउकोमा डोको नाम्लो नबोक्लान ताकि मोटरसाईकलले डोको नाम्लो बोकी दिने छ ।

Comments

comments

Comments are closed.