माछा मार्ने क्रममा रिडीमा डुवेर एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , वैशाख –४ । आज विहान रिडीखोलाको अघाह भन्ने स्थानमा माछा मार्ने क्रममा एक जना युवाको खोलामा डुवेर मृत्यु भएको छ । गुल्मीकै छत्रकोट गाउँपालिका वडा नम्वर–६ तथा साविकको दौघा गाविस वड नम्वर ९ जेरीपोखरा निवासी ३६ वर्षिय राजु रेश्मीको अगाह वजार नजिकै पर्ने रिडीखोलाको रहमा डुवेर मृत्य भएको श्रृङ्गा प्रहरी चौकीले जनाएको छ ।

आज विहान करिव १० वजेको समयमा रहमा डुवेर माछा मार्दै गरेका रेश्मी डुवेर केहि वेर वेपत्ता भएका थिए । स्थानियले थाह पाएर निजलाई ठुलो खालको जालले वाहिर निकालेका थिए ।
स्थानिय युवा अनिल घर्ति मगरका अनुसार उनको शव निकालेर श्रृङ्गा प्रहरी चौकीमा पठाईएको छ । श्रृङ्गा प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक मुक्त पुनले श्रृङ्गा प्रहरी स्वास्थ्यचौकीमा पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाईएको छ ।
खज्र्याङ्ग वजारका होटल व्यवसायी डालप्रसाद पन्थीका अनुसार मृतक रेश्मी अधिकांस समय माछा मार्ने काममा हिड्ने गर्दथे । उनको घरमा श्रीमति र तिन छोरी रहेको बताईएको छ ।

Comments

comments

Comments are closed.